काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन चीनबाटै – Janata Live
  • Wednesday, March 22, 2023

काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन चीनबाटै

  • जनता लाइभ
  • असोज २८, २०७६

काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन चीनबाटै

काठमाडौं । बहुप्रतीक्षित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल–चीन अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो ।

चीनकै सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनुअघि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गरिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...