आज मंगलबार श्री गणेश भगवानको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको आजको दिन सिद्ध रहनेछ ।। #ॐ: #गणेशाय_नमः – Janata Live
  • Wednesday, March 22, 2023

आज मंगलबार श्री गणेश भगवानको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको आजको दिन सिद्ध रहनेछ ।। #ॐ: #गणेशाय_नमः

  • जनता लाइभ
  • असोज २८, २०७६

आज मंगलबार श्री गणेश भगवानको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको आजको दिन सिद्ध रहनेछ ।। #ॐ: #गणेशाय_नमः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सवारि साधन प्राप्त हुने योग रहेकोछ । विद्यामा सोचे अनुरूपनै प्रगति हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । विशेष गरी हाईड्रोपावर, पानी तथा औषधिसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । दाजुभाइबाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)नयाँ–नयाँ काम पाउने र नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जन गर्न सकिनेछ । बुवा सरहका मानिसबाट तपाईंको काम सहयोग हुनेहुँदा अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एकअर्कालाई विश्वास गर्दै बढ्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)लामो धुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो संस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भने जस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)समय तथा परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले मन पराएको मानिससँग दुरि बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरे पनि आम्दानीथोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाइनेछ । साझपख तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)व्यापार लगानी गरी मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)व्यापार व्यावसायमा लगानी गरी आर्थिक स्थिती उकास्न सकिनेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिस्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउँनेछन् । पढाइमा देखिएको कमजोरी सुधार्दै नतिजा आफैँतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथी फेला पार्न सकिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउने सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । बौद्धिताको लडाइमा तपाईंकै नाम उच्चस्थानमा आउँने हुनाले मन प्रशन्न हुनेछ । शिक्षा तथा शेयरबजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुने हुनाले दैनिकी सहज हुनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले इच्छित कामनाहरु पूरा हुनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)राजनीति तथा समाजसेवामा जनताको काम समयमा गर्न नसक्दा आलोचनाको शिकार हुनुपर्नेछ । कृषि तथा सहकारी व्यावसायमा लगानी बढाइ मनग्गे लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्य आउने तथा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जन हुनेछ ।

धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ भने प्रतिस्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलाई हराउन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । बोलिको प्रभाव बढ्ने हुनाले महत्पूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।  कुटुम्बबाट तपाईले गरेको काममा सहयाृग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसयबाट प्रशस्त नाफा कमाउन सकिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दापछि परिनेछ । अनावश्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ ।  माया प्रेममा नचाहाँदै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । अरुलाई दिएको आश्वासन पूरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)व्यापार व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखमा समस्य देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला ।  वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...