चिनियाँ राष्ट्रपति सीले रात्रिभोजमा के–के खाए ? – Janata Live
  • Saturday, April 1, 2023

चिनियाँ राष्ट्रपति सीले रात्रिभोजमा के–के खाए ?

  • जनता लाइभ
  • असोज २६, २०७६

चिनियाँ राष्ट्रपति सीले रात्रिभोजमा के–के खाए ?

काठमाडौं । चिनियाँ समकक्षी सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा विभिन्न मौलिक परिकारले सत्कार गरिएको छ ।

शुरुवाती खानाका रूपमा बारा, मस्म, लुक्लाको सिमी र साँधेको भटमास राखिएको थियो । त्यस्तै, कुरिलो र क्वाँटीको सुप पनि व्यवस्था गरिएको थियो ।

मुख्य मेनुमा भने डबल रोस्ट्रेड ल्याम्ब चप, नर्वेजियन सलमोन, प्यान फ्राइड नुडल्सलगायत चिनियाँ र युरोपियन परिकार राखिएको थियो ।

खानापछि इलामको चिया र गुल्मीको कफी व्यवस्था गरिएको थियो । यो खबर नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...