कांग्रेसको चियापान आज – Janata Live
  • Wednesday, March 22, 2023

कांग्रेसको चियापान आज

  • जनता लाइभ
  • असोज २६, २०७६

कांग्रेसको चियापान आज

काठमाडौं । कांग्रेसले विजयादशमी, तिहार, नेपाल संवत, छठलगायत पर्वहरूको अवसरमा आइतबार चियापान समारोह गर्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट अपराह्न ५ बजेसम्म चियापान समारोह हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि ०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाका दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ । त्यही परम्परालाई कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, माननीय सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरू, पेसागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानवअधिकारकर्मीहरू, विभिन्न सञ्चारमाध्यमका प्रमुखहरू, पत्रकारहरू, गैरआवासीय नेपालीहरूको संघ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभावहरूको सहभागिता हुने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । नयाँ पत्रिकाबाट

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...