राष्ट्रपति सीले गरे यस्ता प्रतिबद्धताहरु

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेष्ठित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गरेका प्रतिवद्धताहरु यस्ता छन् ।
१) नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ ।
२) बढी नाकाहरु खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं ।
३) केरुङ–काठमाडौँ सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं ।
४) अरनिको राजमार्ग सञ्चालन सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्नेछौं ।
५) हाम्रो साझा हिमालय क्षेत्र रक्षा गर्न सदा तत्पर रहनेछौं ।
६) हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं ।
७) चीन र नेपालको सम्बन्धमा समस्या छैन, मित्रता मात्रै छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...