श्री केदारनाथ मन्दिरलाई एक शेयर गरी राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।। #ॐ: #श्रीकेदारनाथ_मन्दिर – Janata Live
  • Saturday, April 1, 2023

श्री केदारनाथ मन्दिरलाई एक शेयर गरी राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।। #ॐ: #श्रीकेदारनाथ_मन्दिर

  • जनता लाइभ
  • असोज २६, २०७६

श्री केदारनाथ मन्दिरलाई एक शेयर गरी राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।। #ॐ: #श्रीकेदारनाथ_मन्दिर

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुख–दुस्ख दुवै साथी बन्नेछन् । कहिलेकाहीँ राम्रो गर्दा–गर्दै पनि अपजस आइलाग्नसक्छ । अरू कसैको साथ मिलोस् वा नमिलोस्, जीवनसाथीको साथ भने अवश्य मिल्नेछ ।

आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुनसक्ने भएकाले आफ्नो वा पारिवारिक स्वास्थ्यप्रति सजग रहनुहोला । सकेसम्म बाहिरको खाना नखानुमै भलो छ । महिनाको पूर्वाद्र्ध अनुकूल रहनेछ भने उत्तराद्र्ध केही प्रतिकूल हुनसक्छ । आफ्नो स्वाभिमानमा आँच आउन नदिई धैर्यपूर्वक काम गरे मनमा सन्तोष प्राप्त होला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । कसैप्रति कुनै कुराले गुमेको विश्वास फर्कनेछ । आफ्नो हित–अहित गर्ने व्यक्तिहरूलाई चिन्ने अवसर प्राप्त हुनेछ ।

ग्रहहरूको प्रभावले मनमा असहज महसुस गराए पनि आफ्ना दौंतरी वा श्रीमान्को सहायताले स्थिति सहज होला । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट राम्रै आम्दानी हात लाग्नेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । मनमा भएको तुष हटेर शरीर एवं मन दुवै हलुका हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) महिनाको सुरुमा काममा समस्या सिर्जना भए पनि उत्तराद्र्ध अनुकूल हुनेछ । कार्यव्यस्तताका कारण झिंझो लाग्ने, झनक्क रिस उठ्नेजस्ता समस्या देखापर्नसक्छन्, बेलैमा सतर्क रहनुहोला । माइती–मावलीसित भेटघाट गर्ने मौका जुर्नेछ । महिनाको उत्तराद्र्ध शुभ रहनेछ ।

दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । दमित इच्छाहरू क्रमशस् पूर्ण हुँदै जानेछन् । गर्भवती महिलाहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विभिन्न खालका परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । मन कतिबेला खुसी त कतिबेला दुस्खी हुनेछ । धेरै कुरा अनुकूल नै हुनेछन् ।

काममा अपजस मिल्नसक्ने भएकाले निरन्तर सजग रहनुपर्नेछ । मनमा खुसी छाउनेछ भने छोराछोरीबाट सुख–सन्तोष मिल्नेछ । कतैबाट कुनै उपहारसमेत प्राप्त हुनसक्छ । श्रीमान्को मुड एवं अवस्था बुझेर काम गर्नसके सम्भावित विवाद टर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विशेष कामले यात्रा गर्नुपर्ला । इष्टमित्रहरूले तपाईंको कुरा काट्न सक्छन् । आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयास गर्नुहोला । परिवार (कुनै आफन्तको घर) मा शुभ कार्य हुनसक्छ ।

साथीहरूसित रमाइलो भेटघाट हुनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ । पेट तथा मुटुका बिरामीहरूले खानपिनमा विशेष ध्यान दिनुहोला । मौसमी बिमारीको सम्भावनासमेत छ । अनावश्यक झैझमेलाबाट टाढै रहनसके सम्भावित विवाद टर्नसक्छ । अपेक्षाअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) काम गर्ने जाँगर बढ्नेछ । नयाँ–पुराना साथीहरूसित भेटघाट गर्ने मौका मिल्नेछ । मनमा भएको चिन्ता हट्नुका साथै शरीरसमेत स्वस्थ रहनेछ ।

विशेष काममा सफलता हात पर्नेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहला । नयाँ रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूले षड्यन्त्र रची आफ्ना हितैषीहरूलाई भ्रममा पार्नसक्छन्, सजग रहनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाम्पत्य जीवन सुखमय रहनेछ । व्यक्तिगत काममा सफलता हात लाग्नेछ । छोराछोरीले आफ्नो मनको कुरा बुझी कार्य गर्नेछन् ।

आर्थिक लाभ हुनेछ । कुनै कामका सिलसिलामा यात्रा गर्नुपर्ला । कसैकसैलाई मान–सम्मानसमेत मिल्नेछ । आँखा वा टाउको दुख्ने सम्भावना भएकाले झिनामसिना काम गर्दा सजग रहनुहोला । श्रीमान्सित सामान्य ठाकठुक हुनसक्छ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) परिवारमा कुनै कुरालाई लिएर छलफल हुनसक्छ । छोराछोरीको खुसीका निम्ति सम्झौता गर्नुपर्ला । जीवनसाथीबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ ।

व्यावहारिक काम गर्दा अपजस आइलाग्नसक्ने भएकाले सचेत रहनुहोला । देशबाहिर भएकाहरूलाई पारिवारिक कार्यक्रममा सहभागी हुन नपाउँदा खल्लो लाग्नसक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यक्तिगत काममा सफलता हात पर्नेछ । कामको सिलसिलामा कतैको यात्रा गर्नुपर्ला । मनमा भएको तनाव हटेर शरीर स्वस्थ एवं मन हलुका हुनेछ भने आर्थिक पक्ष पनि सुदृढ रहनेछ ।

नयाँ घर सर्ने वा जग्गा–जमिन खरिद हुने सम्भावना छ । विभिन्न सामग्रीको किनमेल हुनेछ । आफ्नो इच्छानुसार खाने–लाउने अवसर प्राप्त होला । श्रीमान्सँग घुमघाम गर्ने योजना बन्नसक्छ । दाम्पत्य जीवनको सुख एवं सन्तोष कायम रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक वातावरण सुखमय देखिन्छ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आर्थिक लाभसमेत हुनसक्छ ।

अनावश्यक खर्च पनि हुने भएकाले किनमेल गर्दा सजग रहनुहोला । कुनै कुरामा लगानी गर्नुपूर्व राम्रोसँग विचार गर्नुहोला । आफन्तबाटै धोका हुने सम्भावना छ । आफ्नो गोप्य कुरा कसैसित खोल्नु उचित हुँदैन । मौसमी परिवर्तनका कारण स्वास्थ्यमा समस्या सिर्जना हुनसक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै कुराले तपाईंलाई अल्झाइरहन सक्छ । स–साना कुरामा पनि निकै खट्नुपर्दा शरीरलाई बढी आरामको आवश्यकता हुनसक्छ । पेट एवं मुटुका बिरामीहरूले स्वास्थ्य एवं खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्नेछ ।

सहयोगी हातहरू पछि हट्न खोजे पनि कुनै न कुनै माध्यमबाट सहयोग जुट्नेछ । आफ्नो खुसी एवं चाहनालाई मध्यनजर गर्दै केही कुराको किनमेल हुनसक्छ । अनावश्यक खर्चको पनि सम्भावना छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) श्रीमान्सित राम्रो समझदारी कायम रहनेछ । कतिपय कुरामा लाभ हुनेछ । मित्रहरूसँग रमाइलो जमघट हुनसक्छ । अनपेक्षित विवादको योग भएकाले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुहोला ।

कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि भनाइ खानुपर्ने हुनसक्छ । सकेसम्म शान्त रहँदै दोहोरो प्रतिक्रिया नदिनुमै बुद्धिमानी हुनेछ । मालसामान हराउने सम्भावना भएकाले सजग रहनुहोला ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...