आङकाजी शेर्पाको प्रश्न : चिनका राष्ट्रपतिलाई सोध्नुहोस् ५ प्रश्न

काठमाडौं । चीनका राष्ट्रपति नेपाल आएपछि आङकाजी शेर्पाले आफ्नो फेसबुक स्टाट्समा उनलाई सोध्नुहोस् यी प्रश्न भन्दै ५ प्रश्न तेर्साएका छन् ।
विगतमा चिनको लगानीमा सञ्चालित भएका धेरै उद्योगहरु रुग्ण भएपछि उनले यी प्रश्न राखेका हुन् ।
यस्ता छन् आङकाजीले राखेका प्रश्न
क) नेपाललाई आत्मनिर्भर बनाउन चीनको सहयोगमा विगतमा स्थापना भएका निम्न योजनाहरूबारे नेपालका भ्रष्ट नेताहरूको टूपी ठाडो हुने गरी खरो प्रश्न गरेर चित्त बुझ्दो जवाफ पाएपछि मात्रा नयाँ सहयोग सम्झौतामा हस्ताक्षर गर्नुहोला ।
ख) नयाँ सहयोग सम्झौता गर्नु परेमा यो बुँदा राखेर हस्ताक्षर गर्न लगाउनु होला । नेपाली जनतालाई रोजगारी प्रदान गर्न र नेपाललाई आत्मानिर्भर बनाउन चीनको सहयोगमा स्थापना भएका योजनहरू नेताहरूले भ्रष्टचार गरेर बन्द गरेमा गराएमा नेताहरू सम्पत्तिबाट असुल उपर गरि लिनेछ भनेर
१) नेपाली जनताको यातायात सुविधाका लागि चीनको सहयोगमा संन्चालित ट्रलि बस कहाँ छ भनेर ?
२) चीनको सहयोगमा स्थापना भएको भक्तपुर ईट्टा कारख़ाना के भयो भनेर ?
३) चीनको सहयोगमा निर्माण भएको चोभार सिमेन्ट कारख़ाना कस्लाई कति रकम लिएर बिक्री ग-यो भनेर ?
४) काग़ज़ उत्पादनमा नेपाललाई आत्मा निर्भर बनाउन नवलपरासीमा खोलेको भृकुटी काग़ज़ कारख़ाना कस्को ईशारामा बन्द गरेको भनेर
५) ३ करोड नेपाली लगाउने सक्ने जुता उत्पादन गर्ने चीनले बनाई दिएको बाँसबारी छाला जुता कारख़ाना कुन जुता कम्पनिलाई कति रकम लिएर बेचेर खायो भनेर ?
(आङकाजी शेर्पाले फेसबुक मार्फत राखेका निजी प्रश्न हुन्)