नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमण

काठमाडौं । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालको बहुप्रतीक्षित राजकीय भ्रमण आजदेखि सुरु हुँदैछ ।
चीन विश्व समृद्ध राष्ट्र बन्ने मार्गतिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको सीको भ्रमणलाई राजनीतिक, आर्थिक र कूटनीतिक जगत्मा महत्वपूर्ण रूपमा हेरिएको छ ।
नेपाल र चीन मित्रताको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि हालसम्म विकसित हुँदै अगाडि बढेको पाइन्छ । चिनियाँ भिक्षु फा सियान र नेपाली भिक्षु बुद्धभद्रको यात्राले त्यो सम्बन्धलाई विगतदेखि वर्तमानसम्मको डोरीमा बाँधिराखेको छ ।
भिक्षु फाले आफ्नो यात्रा वृत्तान्तमा बुद्धभूमि नेपालमा आफूले देखेका र भोगेका विषय प्रष्ट लेखेको पाइन्छ । करिब एक हजार छ सय वर्षअघि कपिलवस्तु र लुम्बिनीको भ्रमण गरेको त्यो क्षण अझै पनि अभूतपूर्व यात्रा वृत्तान्त मानिन्छ ।
भिक्षु फाका अनुसार, एसिया भ्रमणपछि चीन फर्केका बेला नानचिङमा बुद्धभद्रसँग भेट भएको थियो । दुवै मिलेर बौद्ध दर्शनका सूत्र प्रतिपादन गरे । सातौँ शताब्दीको सुरुताका नै लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका राजकुमार स्रङचङ गम्पोसँग भएको थियो ।
चिनियाँ यात्रीको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ नागरिकको आवतजावत बढ्न थालेको पाइन्छ । त्यसैक्रममा १३ औँ शताब्दीको आधाआधीको समयमा नेपालका कलाकार अरनिकोसहितको टोलीले चीन भ्रमण गरी चीनमा नेपालको कला संस्कृतिको प्रसार गरेको सुनौलो इतिहास छ । यो समाचार गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।