सुनको मूल्य घट्यो, आज कारोबार हेर्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार एक सयमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय २४ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार छापावाला सुन प्रतितोला ७० हजार ९ सय र तेजावी सुन ७० हजार ६ सयमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्यमा प्रतितोला ८ सय ५० मा किनबेच भइरहेको छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...