पाँचखालमा किरातकालीन स्तम्भ भेटियो

काठमाडौं । खोज तथा अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा प्राचीन सम्पदा, सामग्री तथा स्तम्भ भेटिन थालेका छन् । हालै मात्रै पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेंसीमा प्राचीन किरातकालीन स्तम्भ फेलापरेको हो ।
काभ्रेपलाञ्चोकमा पहिलो पटक किरातकालीन अवशेष (स्तम्भ) फेलापरेको बताइएको छ । असोज दोस्रो साता भारतीय पुरातत्व विभागका दुई जना खोजकर्ता सम्मिलित पाँच सदस्यीय टोलीले खोज अनुसन्धानका क्रममा भेटाएको उक्त स्तम्भ किरातकालीन रहेको पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्य श्रीकृष्ण धितालले बताए ।
स्तम्भ पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीस्थित सुनकोशी नदी तथा झिकु खोलाको दोभानमा भेटिएको हो । विज्ञका अनुसार स्तम्भमा किरात धर्मावलम्बीले पूजा गर्दा बनाउने चित्रको आकृति छ ।
धार्मिकग्रन्थमा उल्लेख भएअनुसार स्तम्भ भेटिएको स्थान सुनकोशी नदी उत्पत्तिसँगै कौशिक ऋषिले तपस्या गरेको स्थान सुनकोशी नदी र झिकुखोलाको दोभान तेमालबेँसी नै रहेको बताइन्छ । उक्त स्थानमा थप किरातकालीन सम्पदा एवं सामग्री भेटिनसक्ने भएकाले पुरातत्वको विभागका विज्ञ टोलीको सहभागितामा आउँदो कात्तिक पहिलो साताबाट थप अनुसन्धान गरिने धिमालले बताए ।
यसअघि गत जेठ महिनामा पाँचखाल नपा–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको थियो ।
पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका पूरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इञ्चको ढुङाको गारो लगाएको कोठा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिव लिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको छ ।
पाँचखालमा भेटिएका ती भग्नावशेष तथा सामग्री प्राचीन लिच्छवीकालीन रहेको वरिष्ठ पुरातत्व विज्ञ उद्धव आचार्यले बताए । स्थानीय बूढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेको बारे बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज अनुसन्धान गरेको हो ।
यस्तै, पाँचखाल नपा–६ स्थित महाँकाल मन्दिरमा गतसाल सबैभन्दा सानो सिक्का (जाभा) भेटिएको भियो । उक्त चाँदीको मुद्रा विश्वकै सानो मानिएको छ भने पाँचखाल नपा–६ स्थित सम्पदा अध्ययनका क्रममा भेटिएको सिक्का पनि नेपालकै पुरानो सिक्का मानिएको छ ।
उक्त सिक्काको एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । पुरातत्व विज्ञ आचार्यका अनुसार भोगिनी ‘पाली’ भाषा हो । उनका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् ।
खोज अनुसन्धानका क्रममा पाँचखाल क्षेत्रमा प्राचीनकालीन भग्नावशेष एवं सामग्री भेटिन थालेपछि पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पुरातत्व विभागमा थप खोज तथा अनुसन्धानका लागि निवेदन दिएको छ ।
पाँचखालका बासिन्दाले सम्वत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नपा–९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन् ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...