नेपालमै भेटियो ‘महादेव लुकेको’ अनौठो शिवथान लिङ्ग “ॐ” अति दुर्लभ शिव लिङ्ग दर्सन गरे पनि लाभ हुने – Janata Live
  • Sunday, April 2, 2023

नेपालमै भेटियो ‘महादेव लुकेको’ अनौठो शिवथान लिङ्ग “ॐ” अति दुर्लभ शिव लिङ्ग दर्सन गरे पनि लाभ हुने

  • जनता लाइभ
  • असोज २१, २०७६

नेपालमै भेटियो ‘महादेव लुकेको’ अनौठो शिवथान लिङ्ग “ॐ” अति दुर्लभ शिव लिङ्ग दर्सन गरे पनि लाभ हुने

तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को संगमस्थल पिंगुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्व बोकेको मन्दिर हो ।

तर यो मन्दिर आवश्यक संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । मन्दिरको धार्मिक महत्व प्रचारमा ल्याउन र उचित प्रवर्द्धन गर्न नसक्दा ओझेलमा परेको हो ।

खोलाको बीच भागमा रहेको शिवथान मन्दिरमा लिम्बु समुदायले विशेष पूजाआजा गर्ने ठाउँ हो । ऐतिहासिक धार्मिक महत्व बोकेको शिवथान मन्दिरमा वर्षौदेखि आफ्ना पुर्वजहरुले पूजाआजा गर्दै आएको स्थानीय बताउछन ।

यस ठाँउमा महाशिवरात्री, श्री पञ्चमी र साउन महिना साथै अन्य विभिन्न अवसरमा दर्शनार्थी भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । खोलाको बीच भागमा रहेको शिवथान महादेव र पार्वतीको ऐतिहासिक धर्म कथासँग जोडिएको धार्मिक सम्पदा हो ।

आन्तरिक पर्यटकहरु प्राय आईरहने यस क्षेत्रमा, छुट्टीको समयमा विद्यार्थीहरुलाई समेत लाने र उनीहरुलाई धार्मिक एवं ऐतिहासिक कुराको जानकारी प्रदान गर्ने कार्य गर्दै आएको स्थानीय हरिहर आधारभूत विद्यालयका शिक्षक अर्जुन रेग्मीले बताए ।

शिवथान रहेको ढुंगाको ओढार दायाँबायाँ दुवैपट्टिबाट पानी बगेको छ । शिवथान रहेको ढुंगाको आकृति समेत आश्चर्यजनक छ । झट्ट हेर्दा मानव निर्मित जस्तै देखिने ढुंगाको मुख्य भागमा दुई वटा गुफा छन् ।

किंवदन्तीअनुसार महादेव र पार्वतीबिच द्वन्द्व भएपछि महादेव रिसाएर भाग्दै यो स्थानको माथिको गुफामा बसेको र खोज्दै गएकी पार्वती तल्लो गुफामा बसेको कुरा स्थानीय कृष्णप्रसाद दाहालले बताए । एउटै ढुंगामा प्राकृतिक रुपमा निर्माण भएको यस शिवथान परिसरमा अनौठो प्रकृतिको चिन्ह तथा मानव पाईलाको समेत आकृतिहरु रहेका छन् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...