संखुवासभा लिङलिङ खानी स्थित गुम्नाम गुप्तेश्वर महादेव गुफा : सक्दो सेयर गरौं – Janata Live
  • Sunday, April 2, 2023

संखुवासभा लिङलिङ खानी स्थित गुम्नाम गुप्तेश्वर महादेव गुफा : सक्दो सेयर गरौं

  • जनता लाइभ
  • असोज २०, २०७६

संखुवासभा लिङलिङ खानी स्थित गुम्नाम गुप्तेश्वर महादेव गुफा : सक्दो सेयर गरौं

संखुवासभाको पाँचखपन नगरपालिका ४ लिङलिङ खानी स्थित रहेको गुप्तेश्वर महादेव गुफा गुम्नाम बनेको छ । आदीमकालमा डोलटार भन्ने ठाउँमा गाई चरन रहेको र चरनका क्रममा गाई हराए पछी खोज्ने क्रममा गुफा भित्रबाट गाईको आवाज आएको र गुफा पत्ता लागेको किम्बदन्ती छ । विभिन्न आकृतिका शिलाबाट निर्माण भएको प्राकृतिक गुफामा महादेवको पुजा गरिन्छ ।

यहाँ माघे संक्रान्ति र हरिबोधनी एकादशीका दिन धार्मिक मेला लाग्ने गरेको छ । अन्य समयमा पनि यहाँ रुद्री लगाउने गरिन्छ । धार्मिक अस्तित्वको यो गुफा प्रचार अभावमा ओझेलमा परेको हो । यो गुफामा मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । यो गुफामा पुजा गर्नाले सन्तान प्राप्ति तथा दिर्घायु र स्वास्थ्य लाभ हुने स्थानीय सिता श्रेष्ठले बताइन् ।

गुफामा पुजा गर्न छिमेकी जिल्ला भोजपुर, धनकुटा र तेह्रथुमबाट पनि भक्तजनहरु आउने गरेका छन् । तर भक्तजनहरु आउने र बास बस्न नजिकै बस्ती नभएकाले समस्या हुने गरेको छ । गुफा भित्र स्थानीय बुद्धी श्रेष्ठ र सीता श्रेष्ठका दम्पतिले ५० हजार खर्च गरेर विजुली बत्तीको व्यवस्था गरिदिएका छन् ।

साबिक वाना गाविसले गुफासम्म पुग्न सडकको ट्रयाक ओपन, रेलिङ र सिढी निर्माण गरेको थियो । तर भिरको बाटो भएकाले अहिले नगरपालिकाको ३ लाख रुपैंयाको बजेटले थप रेलिङ तथा सिढी निर्माणको काम भइरहेको छ भने सडकको स्तरोन्नतीको काम भएको वडाअध्यक्ष काजी बहादुर तामाङले बताए ।

सदरमुकामबाट नजिकै रहेको यो गुफा जति चर्चा हुनु पर्ने हो त्यति हुन सकेको छैन । गुफाको थप प्रचार गर्न गुफासम्म पुग्ने सडकलाई स्तरोन्नती गरी बाह्रै महिना सडक सञ्चालन गर्नु पर्ने छ । भने गुफाको महत्व र धार्मिक आस्थाको केन्द्रको रुपमा विकास गर्न सके यसको अस्तित्व चुलिने निश्चित छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...