बौद्ध धम्मलम्बीले दसैं नमनाउ-किन ?

जुन दिन प्रियदर्सी सम्राट असोकको हृदय परिवर्तन भयो ठिक त्यसै दिन सम्राट असोकले आफ्नो तलबारलाई दुई टुक्रा पारेर फ्याकी दिएका थिए । यो त्यहीँ दिन हो जसलाई दोस्रो ऐतिहासिक धम्मचक्र परिवर्तन दिवसका रूपमा मानिन्छ ।
त्यो दिन अस्विन महिनाको शुक्ल पक्षका दसौ दिन थियोे र त्यसैदिन सम्राट असोकले स्वयंमाथी बिजय हासिल गरेका थिए । त्यसैले यश दिनलाई असोक बिजय दसमीका नामले जान्न थालीयो । बौद्ध धम्म गुरु अनागारीक धम्मपालजीका मतले सम्राट असोकले कुल ९६ करोड सुनको मुद्रा खर्च गरेर ८४ हजार चैत्य स्तुप र यतिनै बौद्ध बिहार निर्माण गरेर त्यसलाई ई. पु. २६५ मा बिजय दसमीका दिन एक भब्य धम्म महोत्सवको आयोजना गरेर लोकसग बौद्ध धम्मको पालनाका प्रतिज्ञा गरे एवं धम्मका सेवाका लागी दान दिएका थिए ।
बौद्ध कालको इतिहासमा प्रत्येक बर्ष यो दिन रास्ट्रीय पर्बको रूपमा मानिन्थ्यो । त्यस दिन रास्ट्रीय अबकास घोषित थियोे । सम्राट असोक स्वयं सेनालाई सलामी दिन्थे । सम्राट असोक दुखी-पीडित जनतालाई एवं बौद्ध भिक्खुहरुलाई दान दिन्थे । यहीँ परम्परा सम्पुर्ण बौद्ध सम्राटले कायम राखे । ठिक त्यसै समय ई. स. पुर्ब १८५ मा सम्राट असोकका नाति ब्रहद्रथ मोर्यका शासनकालमा असोक बिजय दसमीका दिन एक ऐतिहासिक घटना घटयो । त्यो दिन बौद्ध उपासकका लागी अत्यन्तै दु:खदायक थियोे । सम्राट ब्रहद्रथ मोर्य धेरै नै शक्तिसाली बौद्ध सम्राट थिए । उ धेरै सिलवान थिए, दस बलले युक्त थिए । दस परिमिताका पालना गर्नेवाला ब्याक्ती थिए । उसको कालमा धम्मका एक सरिका, प्रसार-प्रचार वा बिस्तार भइरहेको थियोे एवं ब्राम्हणबादको अन्त ।
यो कुरा मनुबादी ब्राम्हण बर्गलाई मन परेको थिएन र उनीहरु यहीँ दिन सम्राट ब्रहद्रथका हत्याका लागी छानेका थिए । जब असोक बिजयी दसमीका दिन सम्राट ब्रहद्रथ आफ्नो सेनाका निरीक्षण गरिरहेका थिए, ठिक त्यसैदिन ब्राम्हणका सेनापति पुष्पमित्र शुगंद्वारा षडायन्त्र पुर्बक उसको हत्या गरियो, त्यसैले अहिंसा माथी ( बौद्ध धम्म ) हिंसा ( ब्राम्हणबाद ) को बिजय मानियो र यश प्रकार अन्तिम बौद्ध सम्राट ब्रहद्रथ मोर्यको अन्त गरियो । महाराज ब्रहद्रथ मौर्यको जुनदिन ( असोक बिजयी दसमी ) हत्या गरियो त्यसै दिनलाई दसहरा ( नेपालीमा दसै ) नाम दिइयो । सम्राट असोकद्वारा शस्त्रका त्याग गरे, त्यसैले ब्राम्हणवादी जनले इतिहास बदल्नका लागी षड्यन्त्र रचे र त्यही समयबाट शस्त्रलाई पुजा गर्न सुरु गरे । वर्ण ब्यबस्थाका अनुसार शस्त्र धारण क्षत्रीयका अधिकार थियोे, त्यसैले दसै क्षत्रीयका पर्व मान्ने परम्परा वनाइयो । आज पनि अबौद्ध दसैका दिन आफ्नो शस्त्र एवं बाहनलाई पुजा गर्दछ । प्रमाण स्वरूप दस परमिता धारण गर्नेवाला ब्रहद्रथ मोर्यलाई रावणको उपमा दिएर दस शिरवाला मुर्ती ( पुतला ) बनाएर राम क्षत्रीयद्वारा मारेर दहन गरिन्छ ।
तथागत गौतम बुद्धले २५२५ बर्ष पुर्ब ब्राम्हणवादमा अंकुस लगाउन हेतु बौद्ध धम्म रुपि वृक्ष लगाएर ऐतिहासिक धम्मक्रान्ती स्थापित गर्नुभयो । ई. पु. १८५ मा ब्राम्हणबादीहरुले असोक बिजय दसमीका दिन ब्रहद्रथ मोर्यका हत्या गरि प्रतिक्रान्तीका रूपमा फेरि ब्राम्हणबादलाई प्रोत्साहन दिएर हिन्दूबादको मार्ग खुल्ला गरे ।
हाम्रो पुर्बज र उसको इतिहास ( रावण दहन ) हुँदै गरेको हेर्नू उचित होईन । महान लेखक चंद्रीका प्रसाद जिज्ञासुको पुस्तक रावण एवं उसको लंकामा रावणलाई दस पारमिताका पालन गर्नेवाला सदाचारी र न्यायी राजा भनिएको छ । रावणले ब्राम्हण यज्ञमा निरपराध पसुलाई बलिदिने प्रथाको बिरोध गरे । त्यसैले ब्राम्हणबादी लोकले रामायणको गलत रचना गरेर रावणको चरीत्र हनन गरे । रावणको हत्यालाइ दस पारमिताले हारने वाला दसहरा ( दस मुखवाला ) यस्तो नाम दिइयो । यसले काल्पनिक महाकाब्य रामायणको रचनाकारका कुटनिती बुझ्न सकिन्छ । एक तिर उनीहरुले महाराज रावणलाई पाप र हिंसाका उपाधी दिए अर्कोतिर रावणलाई ज्ञानि, बिबेकी र सामर्थ्यवान भनेर प्रभावित गरि क्षत्रीयभन्दा धेरै उच्च स्थान दिएर अन्तिम क्षणमा उसलाई ब्राम्हण घोषित गरिदिए । माहात्मा बल सम्पन्न रावण जस्तो महानायकको पुतला दसहराका दिन जलेको देखेर खुशी हुनेहरुमा हामी बौद्धको संख्या पनि कम छैन । दक्षीण भारतमा आजपनी आदिबासी एवं द्रबिड जन रावणका होईन रामको पुतला जलाउछन तर हामी बौद्धले यस्तो गर्नु हुदैन । घृणा, द्धेष र तिरस्कार गर्नु बौद्ध धम्मका विरुद्ध हो । त्यसैले महाराज रावणको राम्रो गुणलाई पुजा र उसको इतिहासलाई अगाडी बढाउने कार्य गर्नुपर्छ । बौद्ध जनले दसैका दिन आफ्नो बहान, मसिन, शास्त्रको पुजा गर्नु हुदैन । यो अन्ध बिश्वास र धम्म बिरोधि आचरण हो ।
स्रोत:-(धम्म संगोष्ठि पुस्तक ।
अनुबाद नेपाली:- सुर्य घिसिङ
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...