क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

काठमाडौं । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ । महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरी नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई रु ४२ हजार १०५ आर्थिक सहयोग गरेको हो ।
विजयादशमी तथा शुभ दीपावलीका अवसरमा शुरु भएको ब्याटमिन्टन प्रतियोगिताको अवसर पारेर समितिका अध्यक्ष देवेन्द्र महतले क्यान्सर पीडित आयुषाका बुबा साधुराम बजगाईंलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा अध्यक्ष महतले मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताए । ‘आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्नेछौं, उनले भने ।
महाङ्काल खेलकूद समितिले विभिन्न अवसर पारेर खेलकूद र सामाजिक कार्य गर्दै आइरहेको छ । उक्त समितिको अगुवाइमा हाल एक करोड बराबर लागतमा चन्द्रागिरीमा कभर्ड हल निर्माण गर्न लागिएको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...