एकले अर्कोलाई जोगाउन खोज्दा ६ हात्तीको मृत्यु – Janata Live
  • Saturday, April 1, 2023

एकले अर्कोलाई जोगाउन खोज्दा ६ हात्तीको मृत्यु

  • जनता लाइभ
  • असोज १९, २०७६

एकले अर्कोलाई जोगाउन खोज्दा ६ हात्तीको मृत्यु

बैंकक । एउटा झरनामा एकले अर्कोलाई जोगाउन खोज्दा थाइल्यण्डमा ६ वटा हात्ती मरेका छन् । थाइ अधिकारीहरुका अनुसार एउटा हात्तीको छावामध्ये थाइल्याण्डको खाओ याइ नेशनल पार्कमा रहेको सो झरनामा चिप्लिएको थियो ।

त्यसलाई जोगाउने क्रममा अन्य हात्ती पनि मरेको अधिकारीहरुले अनुमान गरेका छन् । नजिकै दुईवटा हात्ती चाहीं डाँडामा संघर्ष गरिरहेको अवस्थामा भेटिएका थिए ।

हाइयु नरक (नर्क झरना) भनिने सो झरनामा यस खालका घटनाका थुप्रै श्रृंखला रहेका छन् । सन् १९९२ मा ८ वटा हात्तीको बथान नै मर्दा त्यसले राष्ट्रिय ध्यान तानेको थियो ।

थाइल्याण्डको नेशनल पार्क डिपार्टमेन्ट, वाइल्ड लाइफ एण्ड प्लान्ट कन्जरभेसन ९डीएनपी० का अधिकारीहरुले शनिबार ३ बजेतिर हात्ती त्यसतर्फ जाँदै गरेको देखेका थिए ।

तीन घण्टापछि तीन वर्षको छावाको शरीर हाइयु नरकको तल्लो भागमा फेला परेको थियो । ५ वटा अन्य हात्तीको शरीर पनि छेउमा भेटिएको थियो । थाइल्याण्डमा करिब ७ हजार हात्ती रहेको अनुमान छ । बीबीसीबाट

Loading...
Loading...
Loading...