शक्तिपीठहरुमा भक्तजनको भीड – Janata Live
  • Wednesday, March 22, 2023

शक्तिपीठहरुमा भक्तजनको भीड

  • जनता लाइभ
  • असोज १९, २०७६

शक्तिपीठहरुमा भक्तजनको भीड

काठमाडौं । बडादशैंका अवसरमा उपत्यकासहित देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड बढेको छ ।

उपत्यकाका मैतीदेवी, भाटभटेनी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, तारकेश्वर–४ मा रहेको पुरानो गह्येश्वरी जस्ता पीठमा भक्तजनको भीड बढेको हो । मैतीदेवी कालिकास्थान निकै सिंगारिएको छ ।

वसन्तपुर गद्दी बैठक छेवैको कडेल्चोक भगवतीमा वैदेशिक रोजगारीमा जान चाहनेले कामना पूर्तिका लागि स्तुति गरिरहेका छन् । गुह्येश्वरीमा यो बेला विवाह गर्नेहरू पनि धेरै छन् । विवाहका लागि यो बेला साइत पर्खन नपर्ने भएकाले भद्रकाली, बगलामुखीलगायतमा विवाह गर्नेको निकै आगमन छ । कलङ्की, पाटनको पूर्णचण्डी र नालाको उग्रचण्डीमा पनि भक्तजनको भीड छ छ ।

यसैगरी चन्द्रागिरी–१३ मा रहेको कङ्कालीमाई र नागर्जुन नगरपालिकाको स्युचाटारमा रहेको पञ्चकन्यामा भक्तजनको बढी आवागमन भएको छ । स्युचाटार निवासी दशरथ लामिछानेका अनुसार कङ्कालीमाइमा चण्डी पारायण महोत्सव आयोजना भएकाले दवाडी बस्ती, भट्ट बस्ती, सुवेदी बस्ती, लामिछाने बस्ती र आसपासका गाउँपालिकाबाट भक्तजन आएका छन् ।

महानवमीका दिन वर्षको एकपल्ट खुला हुने हनुमानढोकास्थित तलेजुमा पूजाको सुरुआतका लागि सिद्धिचरणचोक दफ्तरको नायखीँ बाजालाई प्रस्तुत गर्ने राम्रो तयारी भएको अध्यक्ष राकेश शाहीले जानकारी दिए ।

तलेजुमा नायखीँको यो शाही टोलीले बलि अर्पण गरिएपछि तुलजा भवानीमा पूजाअर्चना भई सर्वसाधारणसमेतले दर्शन गर्न पाउने व्यवस्थो छ । अध्यक्ष शाहीका अनुसार तलेजुमा बिहान ४ बजे नै दर्शनार्थी प्रवेश गर्न सक्ने छन् ।

रक्तकाली, विजेश्वरी, नरदेवी, कङ्केश्वरीलगायतका काठमाडौँका मध्य सहरमा रहेका यी देवपीठमा भक्तजनको सुविधाका लागि गुठियार रकमी खटिएका छन् । पशुपतिस्थित गुह्येश्वरीमा व्यवस्थापन समितिले भक्तजनलाई निःशुल्क चियापान र स्वास्थ्य परीक्षण समेत व्यवस्था गरेको यमन डङ्गोलले जानकारी दिएका छन् ।

योपल्ट अमालकोट कचहरीमा बडादशैंका दिन पशुपतिनाथका मूल पूजारीले सर्वसाधारणलाई पनि टीका जमरा लगाई दिने गरी अमाल तलेजुमा नवरात्रपूजा भइरहेको अमालका अष्टमान सङ्गतले जानकारी दिए । यो खबर गोरखापत्र दैनिकमा छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...