सीको भ्रमणको एक साता अघि नै हतियारसहितको पाँच हजार सेना गस्तीमा – Janata Live
  • Wednesday, March 22, 2023

सीको भ्रमणको एक साता अघि नै हतियारसहितको पाँच हजार सेना गस्तीमा

  • जनता लाइभ
  • असोज १९, २०७६

सीको भ्रमणको एक साता अघि नै हतियारसहितको पाँच हजार सेना गस्तीमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनु एक साता अघि नै हातहतियारसहितको नेपाली सेनाले सुरक्षा गस्ती थालेको छ ।

आगामी अक्टोम्बर १२ मा नेपाल भ्रमणमा आउन लागेका राष्ट्रपति सीको भ्रमणको सुरक्षालाई मध्यनजर गरेर सेनाले काठमाडौं उपत्यकामा गस्तीका लागि उतारिएको हो ।

नेपाली सेनाका जवानहरु काठमाडौंका मुख्य– मुख्य चोक र राष्ट्रपति हिंड्ने सड्क, विमानस्थल र होटलको सुरक्षालाई मध्यनजर गरेर सुरक्षार्थ खटिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

सरकारले सीलाई अति विशिष्टभन्दा माथिको सम्मानका साथ जेड–प्लस सुरक्षा व्यवस्था र सम्मान दिने तयारी गरेको छ ।

२३ वर्षपछि नेपाल भ्रमणमा आउंन लागेका चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाने कार्यक्रम छ । भारतिय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा पनि जेड–प्लस सुरक्षा व्यवस्था अपनाएको थियो ।

‘सीमाथिको सुरक्षा चुनौतिलाई मध्यनजर गरेर जेड–प्लस सुरक्षा दिन लागेको हौं, अति विशिष्टलाई आवश्यक पर्ने सुरक्षा रणनीति हामी अपनाउँछौं’ सेनाका एक उच्च अधिकारीले भने ।

सेनाले महाराजगञ्ज, लाजिम्पाट, कालिमाटी, बानेश्वर विमानस्थल, बौद्ध, स्वयम्भु, जावलाखेल, बालुवाटार र हात्तिसार र फर्फिङबाट उपत्यका छिर्ने नाका र थानकोटमा गस्ती शुरु गरेको हो । उपत्यकामा मात्र करिब पाँच हजार सैनिक सुरक्षा गस्तीमा खटिएको जनाइएको छ ।

राष्ट्रपति सीको नेपाल भ्रमणको औपचारीक तालिका सार्वजनिक नभए पनि उनि असोज २५ गते भारतको चेन्नइबाट विशेष चार्टर्ड विमानमा काठमाडौं उत्रने र एक रात बसेर बेइजिङ उड्ने कार्यतालिका छ ।

नेपाली सेनाका उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु सम्मिलित संयुक्त सुरक्षा टोली समेत सरकारले बनाइसकेको छ । उक्त टोलीले समेत आवश्यक सुरक्षा प्रवन्धको लागी विभिन्न चरणमा बैठक बसिसकेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।