दशैंको बलिमा दुई करोड खर्च – Janata Live
  • Wednesday, March 22, 2023

दशैंको बलिमा दुई करोड खर्च

  • जनता लाइभ
  • असोज १८, २०७६

दशैंको बलिमा दुई करोड खर्च

काठमाडौं । दशैंको अवसरमा विभिन्न शक्तिपीठहरूमा खसी, बोका, राँगा, कुखुरा, हाँसलगायतको बलि चढाउन करिब दुई करोड रुपैयाँ खर्चिने तयारी गरिएको छ ।

गुठी संस्थान र निवृत्तिभरण कार्यालयले पशुपंक्षीको बलिका लागि मात्र करिब दुई करोड बजेट छुट्याएको हो । चाडपर्व, जात्रा, मेलाको अवसरमा शक्तिपीठमा सरकारको तर्फबाट बलि तथा पूजाआजाका लागि गुठी संस्थान र निवृत्तिभरण कार्यालयले खर्च गर्ने व्यवस्था छ ।

निवृत्तिभरण कार्यालयका प्रमुख हेमन्तराज निरौलाले यसपटक दशैंमा अष्टमी र नवमीको दिन मात्र झन्डै दुई करोडको राँगा, बोका, हाँस, कुखुरालगायतको बलि चढाइने समाचार नयाँ पत्रिका दैनिकमा  छ ।

उनले बलि दिन पशुपक्षी आपूर्तिका लागि टेन्डर समेत भइसकेको जानकारी दिए । उनका अनुसार निवृत्तिभरण कार्यालयले ९१ लाख रुपैयाँको बलि दिनेछ । कौसी तोषाखानालाई प्रशासन पुनर्संरचना गर्दा सरकारले निवृत्तिभरण कार्यालय बनाएको छ ।

बलिका लागि गुठी संस्थानको मात्रै एक करोड २७ लाख
गुठी संस्थानले थप एक करोड २६ लाख ९० हजार रुपैयाँको बलि दिने तयारी गरेको छ । गुठी रहेका शक्तिपीठहरूमा बलि तथा पूजाआजाको व्यवस्थापन गर्ने जिम्मा गुठी संस्थानको जिम्मामा हुन्छ । शक्तिपीठ तथा मठमन्दिरको पूजाआजामा त्यसको दोब्बर खर्च हुने गुठी संस्थानले जनाएको छ ।

संस्थानले विभिन्न शक्तिपीठमा बलि दिन्छ । काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायरका तलेजु मन्दिरमा सबैभन्दा धेरै खर्च हुन्छ । तलेजु मन्दिरहरूमा एक सय आठ वटासम्म पशुबलि दिने चलन छ । बलिका लागि ल्याइने बोका, राँगा, हाँस तथा कुखुरा ठेक्काबाट व्यवस्थापन गरिन्छ । यस्तै, हरेक मठमन्दिरमा जमरा तथा पूजाआजामा पनि गुठी संस्थानले खर्च व्यवस्थापन गर्ने गरेको छ ।

यो वर्ष बलि खर्च कटौती
गुठी संस्थानले अघिल्लो वर्षको तुलनामा यो वर्ष बलिमा हुने खर्च न्यूनीकरण गरेको जनाएको छ । बलिप्रथा रोक्न रिट परेपछि सर्वोच्च अदालतले कानुन बनाएर बलि न्यूनीकरण गर्न परमादेश जारी गरेको थियो ।

परमादेशलाई ध्यान दिंदै छुट्टै नीति बनाएर बलिमा कटौती गरिएको गुठी संस्थानले जनाएको छ । परमादेशपछि संस्थानले गत वर्षबाटै गाडी तथा मेसिनमा दिने बलि कटौती गरेको थियो । बलिको वैकल्पिक विधिकारूपमा वैदिक विधिबाट पूजा गर्न थालिएको संस्थानका अधिकृत दीपक पाण्डेले बताए ।

टीकाको साइत १० बजेर ३५ मिनेटमा
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको शुभसाइत २१ असोज मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । निर्णायक समितिका अनुसार १८ गते शनिबार फूलपातीको दिन बिहान ८ बजेर ५२ मिनेटमा तुलजा भवानी यात्रा गराउन उत्तम हुनेछ । समितिले तुलजा भवानीलाई १० बजेर ५ मिनेट जाँदा आसनमा राख्न उपयुक्त हुने बताएको छ ।

सर्वसाधारणलाई राष्ट्रपतिको टीका
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका लगाउने राष्ट्रपति कार्यालयकी स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिइन् । त्यसपछि उनले प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रसेवक उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई राष्ट्रपति कार्यालयमा टीका लगाई दिनेछिन् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...