नेपाल-भारत सीमास्तम्भ स्याटलाइट प्रणालीमा जोडिने

नेपाल र भारतबीचको सीमामा रहेका स्तम्भ स्याटलाइट प्रणालीमा जोडिने भएको छ ।
सीमा विवाद न्यूनीकरण गर्न दुई देशले प्रविधि प्रयोग गर्न लागेका हुन् । गत महिना भारतमा सम्पन्न दुई देशका नापी, गृह तथा परराष्ट्रका अधिकारीको बैठकमा यससम्बन्धी सहमति भएको हो ।
जसअनुसार जिपिएस प्रणालीमा आधारित ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम औजिएनएसएसओ प्रविधिमार्फत सीमास्तम्भ व्यवस्थित गरिनेछ । यसले सीमा विवाद न्यूनीकरण गर्ने अधिकारीहरूले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।
सेप्टेम्बर ७ देखि ९ सम्म सर्भे अफिसर्स कमिटी (एसओसी) को ११औँ बैठक देहरादुनमा बसेको थियो । सोही बैठकले यससम्बन्धी काम अघि बढाउने निर्णय गरेको हो । जसअनुसार दसैँलगत्तै काम सुरु हुने नापी विभागकी उपमहानिर्देशक करुणा केसीले बताइन् । एसओसीको बैठकमा नेपाली टोलीको नेतृत्व केसीले नै गरेकी थिइन् ।
नेपाल र भारतबीचको खुला सिमानालाई व्यवस्थित र विवादरहित बनाउन दुवै देशले संयुक्त टोली बनाएर काम गरिरहेका छन् । त्यसैअन्तर्गत विश्वका धेरै देशले अवलम्बन गरिसकेको प्रविधि अपनाएर सीमास्तम्भलाई जिएनएसएसमार्फत नियमन गर्न लागिएको हो ।
हाल नेपाल र भारतको सीमा व्यवस्थापनका लागि तीन तहका टोलीले काम गरिरहेका छन् ।
यो प्रविधि प्रयोग गर्न ४० वटा कन्ट्रोल प्वाइन्ट निर्माणको काम यही वर्ष हुने भएको छ । बेस र सेकेन्डरी स्टेसन गरी ४० स्टेसन निर्माण गरिने नापी विभाग सीमा शाखाका प्रमुख दयानन्द जोशीले बताए ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...