प्रतिवन्धित विप्लवलाई सत्तारुढ नेकपाको गाडी – Janata Live
  • Tuesday, March 28, 2023

प्रतिवन्धित विप्लवलाई सत्तारुढ नेकपाको गाडी

  • जनता लाइभ
  • असोज १७, २०७६

प्रतिवन्धित विप्लवलाई सत्तारुढ नेकपाको गाडी

काठमाडौं । विभिन्न राजनीतिक दलका ११ नेताले चढिरहेको गाडी नेकपाले आफ्नो सम्पत्ति विवरण राखेको छ।

नेकपाले प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलगायत ११ नेताले प्रयोग गरिरहेको गाडी सम्पत्ति विवरणमा राखेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

तत्कालिन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत उल्लेख छ।

तत्कालिन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालिन मुख्य सचिव प्रल्हाद बुढाथोकीले ९ असोजमा नेकपा कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तलाई बुझाएका हुन्।

तत्कालिन माओवादीको सम्पत्ति विवरणमा पार्टीको नाममा ३४ वटा सवारी साधन छन्।

त्यसैमध्येका ११ वटा गाडी विप्लवदेखि भट्टराईसम्मले प्रयोग गरिरहेका हुन्।

गोपाल किराँती, हिशिला यमी, खड्ग विश्वकर्मा, लोकेन्द्र बिष्टमगर, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, सीपी गजुरेल, चन्द्रमोहन सिग्देल लगायतले पनि नेकपाकै गाडी चढिरहेका छन्।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...