गायक यमन माझीको ‘पल्टने जागिर’ सार्वजनिक (भिडियोसहित) – Janata Live
  • Wednesday, March 22, 2023

गायक यमन माझीको ‘पल्टने जागिर’ सार्वजनिक (भिडियोसहित)

  • जनता लाइभ
  • असोज १६, २०७६

गायक यमन माझीको ‘पल्टने जागिर’ सार्वजनिक (भिडियोसहित)

नेपालीहरुको महान पर्व वडा दसैंको पूर्वसन्ध्यामा गायक यमन माझीको ‘पल्टने जागिर’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा एउटा पल्टनको जागिर खाएपछि भनेको समयमा विदा नपायँदा पीडा शब्दमा पोखिएको छ । घरमा आफ्नो परिवारसँग चाडपर्वमा पनि छुट्टी नमिलेर भेट गर्न नपाएको पीडा गुनासोलाई भिडियोमा देखाउन खोजिएको छ ।

राष्ट सेवक सिपाइ चाडपर्व र आफुले भनेको समयमा घर जान नपायँदा कस्तो हुन्छ भन्ने गीतमा सन्देश दिन खोजिएको छ ।

गायक यमन माझीको यो गीत निकै उत्कृष्ट गीतको रुपमा लिइएको छ । पल्टनेहरुको दुःख पीडालाई समेटेर बनाएको यो गीतले अधिकाशको मन छुने देखिएको छ ।

कति पय पल्टनेहरु दसैँमा विदा नमिलेर घर जान नपाएको अवस्थालाई यो गीतले सार्थकता दिने देखिएको छ । नेपाली सेनामा कार्यरत सरला माझीले गीतको रचना गरेकी हुन् ।

गायक यमन माझीको स्वर तथा संगीत रहेको यस गीतलाई थोमस राईले एरेन्ज गरेका हुन् । गीतको भिडियो गायक यमन पल्टने जागिरेको भेषमा देखा परेका छन् ।

यमनको साथमा सरला माझी तथा साथीहरुको अभिनय रहेको छ । भिडियोलाई यमन माझीले निर्देशन गरेका हुन् ।

अर्जुन खड्काको सम्पादन रहेको उक्त भिडियोलाई आकर्षक रूपमा रुपेश माझीले छायाँकन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...