श्री पाथिभरा माताले सबैको रक्षा गरुन, तपाईकोमना कामना पुरा हुनेछ । हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाईकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । शिक्षा तथा शिक्षा पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ भने अध्ययन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)
सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ भने राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएर जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो विद्या निखार्ने सकिनेछ । आँटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रशासनिक क्षेत्रमा तपाईँको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...