निर्दोष छु भन्दा महरालाई फोनमै हपारे ओलीले – Janata Live
  • Wednesday, March 22, 2023

निर्दोष छु भन्दा महरालाई फोनमै हपारे ओलीले

  • जनता लाइभ
  • असोज १५, २०७६

निर्दोष छु भन्दा महरालाई फोनमै हपारे ओलीले

काठमाडौं । महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । तर, उपसभामुखलाई दिइएको राजीनामामा लेखेका छन्, ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि ।’ यसलाई संविधान र कानुनविदहरूले हास्यास्पद मानेका छन् ।

संसद् सचिवालयको स्वास्थ्य एकाइमा कार्यरत महिला कर्मचारीले आफूमाथि महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । सत्तासीन नेकपा सचिवालय बैठकले उनलाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो । तर, उनले सभामुख पदबाट मात्र राजीनामा दिएका छन् । त्यो पनि अवधि तोक्दै ।

‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’, राजीनामा पत्रमा भनिएको छ ।

महराले आफूमाथि निराधार र गलत आरोप लगाएको दाबी गर्दै आएका थिए । तर उनीमाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राजीनामा दिएर छानबिनमा सहयोग पुर्याउन दबाब परेको थियो । महिला कर्मचारीले आफूमाथि महराले दुर्व्यवहार गरेको आरोप सार्वजनिक गरेसँगै सत्तासीन नेकपामा हल्लीखल्ली मच्चिएको थियो । सोमबार रातिदेखि नै नेता–नेताबीच टेलिफोनमा कुराकानी भएका थिए ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई छलफलका लागि बिहानै बालुवाटार बोलाएका थिए । नेम्वाङले ‘गम्भीर कुरा उठेकाले पार्टीको पोजिसिन’ स्पष्ट गर्नुपर्ने सुझाव अध्यक्षद्वयलाई दिएका थिए । प्रधानमन्त्री ओलीले महरासँग फोनमा कुराकानी गरेका थिए ।

महराले आफू निर्दोष रहेको भन्दै आरोप लगाउने महिलाको कोठामा नगएको दाबी गरेका थिए । तर सञ्चारमाध्यममा प्रसारित महिलाको भिडियो हेरिसकेका ओलीले महरालाई उल्टै हपारेका थिए । ‘सबै कुराले तपाईं त्यहाँ गएको कुरा पुष्टि भइसक्यो,’ ओलीले महरालाई भनेका थिए । यो समाचार अजाको अन्नपूण पोष्ट्मा प्रकाशित छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...