आफै यसरी भनुर्होस् डिभी (भर्ने तरिकासहित) – Janata Live
  • Monday, March 20, 2023

आफै यसरी भनुर्होस् डिभी (भर्ने तरिकासहित)

  • जनता लाइभ
  • असोज १५, २०७६

आफै यसरी भनुर्होस् डिभी (भर्ने तरिकासहित)

सन् २०२१ को लागि ई-डिभी को आवेदन खुला भएको छ । अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म अनलाइनमार्फत आवेदन खुल्ला गरेको छ। संयुक्त राज्य अमेरिकाले खोलेको डाइभर्सिटी भिसा (डीभी)को २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिने जनाएको हो ।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार ई-डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाएको छ। अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँदै आएको छ ।

यसैबीच भारत, पाकिस्तान, बंगलादेशसहित १७ देशका नागरिकहरुले भने डीभीको फारम भर्न नपाउने भएका छन। डीभीको आवेदन दिन नपाउने देशहरुमा चीन (मुख्य भूमिमा जन्मिएका), ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनाम छन् ।

किनभने यी देशहरुका ५० हजार नागरिकलाई डीभी परिसकेकाले निवेदन दिन नपाउने भएका हुन् । तर, चीनको मुख्य भूमिमा जन्मिएका बाहेक हङकङ, मकाउ र ताइवानका बासिन्दाले भने डीभी भर्न पाउने छन् ।

डिभी कसरी भर्ने ?
अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले यस पटकबाट डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ। तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन । यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने सूचनामा उल्लेख छ। कुनै पनि व्यक्तिले एक पटकमात्रै आवेदन भर्न पाइने छ।

अनलाइनबाट नै भर्ने हुँदा कुनै पनि शुल्क लाग्ने छैन। फारम भरिसकेपछि प्राप्त गरिएको कन्फरमेसन नम्बरलाई आवेदकले सुरक्षित राख्नु पर्ने छ। आवेदनमा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।

फर्म भर्ने अवधिमा www.dvlottery.state.govमा गई ई-डिभीको आवेदन फारम भर्नु पर्नेछ । फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिण्ट गर्नुपर्छ जसको आधारमा डिभी परेनपरेको थाहा पाउने माध्यम हो। डि.भी. का लागि छनोटमा परेरनपरेको थाहा पाउनको लागि कुनै फोन र इमेल नआउने र त्यस्ता हल्लाका पछाडि नलाग्न अमेरिकी सरकारले सचेत गराउँदै आएको छ ।

कसरी भर्ने ? (विस्तृतमा)

डि.भी.आवेदन निःशुल्क र सजिलो छ । आफै भरी पैसा बचाउनुहोस् अनि आवेदन पूरा गरी भरिएको निश्चित गर्नुहोस् ।
डि.भी.को आवेदन गर्न तपाईलाई के आवश्यक पर्दछ ?

१) तपाई अनि तपाईको श्रीमान/श्रीमती र छोरा छोरीको व्यक्तिगत विवरण
२) तपाई अनि तपाईको परिवारको हालसालै खिचिएको २×२ साइजको फोटो
३) उच्च माध्यमिक परिक्षा उत्तिर्ण प्रमाणपत्र वा योग्य पेशामा दुई वर्षको अनुभव
४) पासपोर्ट नम्बर साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि

डि.भी. को आवेदन कसरी भर्ने ?
डि.भी. आवदेन सजिलो र निःशुल्क छ । निम्न प्रक्रिया अपनाउनुहोस् :-

१) कुनै पनि इन्टरनेट भएको कम्यूटरमा गई यो वेवसाइड खोल्नुहोस् धधध।www.dvlottery.state.gov

२) तपाईलाई निम्न सूचनाहरु उपलब्ध गराउन लगाइने छ
क) तपाईको नाम
ख) लिंग
ग) जन्म मिति
घ) जन्म स्थान
ङ) जन्मेको देश
च) तपाई अमेरिकामा जोसँग बस्नुहुनेछ उहाँको पूरा नाम ठेगाना
छ) बसोबास गरिहेको देश
ज) फोन नम्बर
झ) ईमेल ठेगाना
ञ) शैक्षिक योग्यता
ट) विवाहित_अविवाहितआदी

३) तपाईको श्रीमान-श्रीमती अनि बालबच्चाहरुको फोटो ६०० पिक्सेल × ६०० पिक्सेल (अर्थात २×२) साइज खिचेर हाल्नुहोस् ।
सावधान :- कहिलेकाँही कण्टल्टेन्सीहरुको गल्तीले तपाईको फोटो अर्कै आवेदनसँग साटिनाले आवेदकहरु अयोग्य हुन जान्छन् । त्यसकारण तपाई आफ्नो आवेदनमा सही फोटो राख्न धेरै होसियार हुन जरुरी छ ।

४) आफूले भरेको विवरण दोहोर्याएर हेर्नुहोस् । सावधान लेखिएका प्रश्नहरुमा विशेष ध्यान दिनुहोस् ।

५) आफ्नो कन्फर्मेशन नम्बर प्रिन्ट गरी सुरक्षित राख्नुहोस् ।

सावधानः- आफ्नो कन्फर्मेशन नम्बर सुरक्षित राख्न अत्यन्त जरुरी छ । तपाईले डि.भी. जित्नु भएको वा नभएको र अन्तर्वार्ताको दिन हेर्न त्यहि कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्छ । -दैनिकअनलाइनबाट

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।