रोकिएन टिपर-आतङ्क : मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो – Janata Live
  • Tuesday, March 28, 2023

रोकिएन टिपर-आतङ्क : मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

  • जनता लाइभ
  • असोज १५, २०७६

रोकिएन टिपर-आतङ्क : मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

काठमाडौं । चन्द्रागिरिमा टिपरको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ । थानकोटबाट कलङ्की आउँदै गरेको बा२६प ४९०३ नंको मोटरसाइकललाई बा३ख ३८१७ नंको टिपरले ठक्कर दिँदा चितवनका २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलको बागेश्वरीमा ठक्कर दिँदा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलका ४१ वर्षीय टीकाबहादुर बाँनिया गम्भीर घाइते भएका छन् ।

उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको छ । मोटरसाइकल बाँनियाले चलाएका थिए । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...