जम्मू काश्मीरमा १४४ बालबालिका पक्राउ गरी हिरासतमा राखेको खुलासा – Janata Live
  • Saturday, April 1, 2023

जम्मू काश्मीरमा १४४ बालबालिका पक्राउ गरी हिरासतमा राखेको खुलासा

  • जनता लाइभ
  • असोज १५, २०७६

जम्मू काश्मीरमा १४४ बालबालिका पक्राउ गरी हिरासतमा राखेको खुलासा

काठमाडौं । भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा भएको छ ।

भारतको संविधानको धारा ३७० खारेज गरेर विशेष राज्यको दर्जा खोसेपछि ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा लिएको पाइएको हो ।

जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले सर्वोच्च अदालतमा पेश गरेको रिपोर्टमा बालबालिकाहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख छ ।

भारतले २० साउनमा संविधानको धारा ३७० खारेज गर्दै जम्मू काश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो । विशेष राज्यको दर्जा खोस्नुअघि भारतले सैनिक परिचालन गरेर त्यहाँ व्यापक धरपकड गरेको थियो । कश्मीरी नेताहरुलाई गिरफ्तार गर्दै मोबाइल तथा इन्टरनेट सेवा समेत बन्द गराइएको थियो ।

अहिलेसम्म पनि जम्मु कश्मीरको अवस्था सामान्य हुन सकेको छैन । लोकतन्त्र र मानवअधिकारलाई कुण्ठित गरेको भन्दै भारतको अन्तर्राष्ट्रियस्तरमा विरोध भइरहेको छ । एजेन्सी

Loading...
Loading...
Loading...