नवरात्रको बेला भुलेर पनि नगर्नुहोस् यी गल्ति, धर्म होइन पाप लाग्ला ! – Janata Live
  • Sunday, April 2, 2023

नवरात्रको बेला भुलेर पनि नगर्नुहोस् यी गल्ति, धर्म होइन पाप लाग्ला !

  • जनता लाइभ
  • असोज १४, २०७६

नवरात्रको बेला भुलेर पनि नगर्नुहोस् यी गल्ति, धर्म होइन पाप लाग्ला !

काठमाडौं । वडादशैँ नेपालीहरुको महान चाड हो । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ।

हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्य देखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ ।

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।

आश्विन शुक्ल पक्षदेवी भागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावण माथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी(देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ ।

धेरैजनाले नवरात्रीको बेला ९ दिनसम्म उपवास गरेर देवीको पूजा गर्ने गर्छन् । देवीको मूर्ति स्थापना गरेर गरिने पूजाका केही नियम पनि हुन्छन्, जसलाई ख्याल नगर्यो भने तपाईले गरेको पूजा र उपवासले सार्थकता पाउँदैन ।

यस्ता छन् ती नियमहरु,

– नवरात्रीका दौरान उपवास गर्ने व्यक्तिले जुँगा, दोह्री, कपाल काट्नु हुँदैन ।

– घरमा देवीको मूर्ति तथा कलश स्थापना गरेपछि घरलाई खाली छाड्नु हुँदैन ।

– ९ दिनसम्म सात्विक भोजन मात्रै गर्नुपर्छ । उपवास गर्ने व्यक्तिले माछा, मासु, अण्डा तथा लसुन, प्याज एवम् मास र मसुराको दाल खानु हुँदैन ।

– उपवास गर्ने व्यक्तिले व्रतको बेला खाने खानामा अनाज समावेश गर्नु हुँदैन । फलफूल र दूध मात्रै खानु पर्छ ।

– विष्णु पुराणका अनुसार नवरात्री व्रतको समयमा दिउँसो सुत्नु हुँदैन ।

– उपवासका दौरान जाँड रक्सी छुनु पनि हुँदैन ।

– व्रतको दौरान सूर्तिजन्य पदार्थ, जस्तै चुरोट, खैनी, गुटखा पनि सेवन पनि गर्नु हुँदैन ।

– व्रतको दौरान शारीरिक सम्बन्ध राख्नु हुँदैन ।

– महिलाले मासिक धर्म (महिनावारी)को बेला पूजा गर्नु हुँदैन ।

– महिनावारीको सात दिनसम्म पूजा गर्न बर्जित गरिएको छ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...