निरन्तर घट्दै सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

काठमाडौं । दशैँको तेस्रो दिन अर्थात मंगलबार पनि सुनको मूल्य घटेको छ।
एकै दिन सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...