प्रदेशपिच्छे परराष्ट्र : प्रतिनिधिले प्रदेश प्रमुख कार्यालय मातहत रहेर काम गर्ने

काठमाडौं । सरकारले सबै प्रदेशमा परराष्ट्र प्रतिनिधि पठाएको छ । प्रदेश सरकारको कूटनीतिक भेटघाट व्यवस्थित बनाउन र अभिलेख राख्न परराष्ट्रका प्रतिनिधिको व्यवस्था गरिएको हो ।
परराष्ट्रसचिव शंकरदास बैरागीले सातै प्रदेशमा मन्त्रालयका प्रतिनिधि पोस्टिङ भइसकेको जानकारी दिए । ती प्रतिनिधिले प्रदेश प्रमुख कार्यालय मातहत रहेर काम गर्नेछन् ।
सुरुमा मुख्यमन्त्री कार्यालयमातहत राखेर काम गराउने सरकारी तयारी थियो । ‘उहाँहरुले प्रदेशमा जहाँ रहेपनि मुख्यमन्त्री र प्रदेश प्रमुखको कूटनीतिक मामिला समन्वय गर्ने हो । यसमा विवाद गर्नुपर्ने देख्दिनँ,’ सचिव वैरागीले भने, ‘प्रदेशमा रहेर काम गरे पनि उहाँहरु परराष्ट्रमार्फत क्रियाशील हुनुहुन्छ ।’
कूटनीतिक सेवाको अधिकृतमा नाम निकालेका सात जनालाई प्रशिक्षण दिएर प्रदेशमा पहिलो जिम्मेवारी दिएर पठाइएको समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।