डेरामा एक्लै रहेको मौकामा सभामुख महराले जबरजस्ती गरेको आरोप !

काठमाडौँ । संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महरा माथि गम्भीर आरोप लागेको छ।
संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले आफूलाई सभामुख कृष्ण बहादुर महराले जबरजस्ती गरेको आरोप लगाएकी छन्। महराले संसद सचिवालयमै कार्यरत एक महिलालाई डेरामै पुगेर जबरजस्ती गरेको महिलाको आरोप छ।
आइतबार साँझ रक्सी र स्न्याक्स सहित तीनकुने स्थिति पिडित महिलाको डेरामा पुगेर महराले जबरजस्ती गरेको महिलाको आरोप छ। नाम नखुलाइएकी ती महिलाले लगाएको आरोप अनुसार श्रीमान सहित परिवारका अन्य सदस्य डेरामा नभएको मौकामा महराले जबरजस्ती गरेका हुन्।
महरा डेरामा रक्सी, स्न्याक्स सहित पुगेका महराले आफूलाई जबरजस्ती रक्सी समेत खुवाई करणी गरेको उनको आरोप छ। महराको पन्जाबाट फुत्किन आफूले प्रयास गर्दा महराले कुटपिट समेत गरेको उनले आरोप लगाएकी छन्।
करणी गरिसकेपश्चता महरा सभामुख निवास फर्केको र फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फुटेर झरेको समेत बताइएको छ। यस्तै सभामुखको जुत्ताको भित्री तलुवा समेत पिडित महिलाकै कोठामा छुटेको महिलाको भनाइ छ।
महराले यस भन्दा अगाडी पनि दुर्व्यवहार गर्दै आएको र महराको उच्च राजनीतिक हैसियतको कारण आफूले सहेर बसेको उनको दुखेसो छ। आइतबार करणी नै गरेपछि भने आफू सहन नसक्ने अवस्थामा पुगेको बताएकी छन्।
यता सभामुखले भने महिलाको आरोपमा निराधार भएको बताएका छन्। कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको सभामुख महराको भनाइ छ।
सभामुख महरा दोषी ठहर भए के हुन्छ सजाय ? कस्तो छ प्रक्रिया ?
सभामुख कृष्णबहादुर महरामाथि बलत्कारको प्रयास गरेको आरोप लागेपछि उनको पद निलम्बन हुन्छ वा अन्य के कारबाही होला भन्ने चासो बढेको छ।
यदि महरामाथि स्वतन्त्र छानबिन सुरु भयो भने संविधान र मुलुकी फौजदारी अपराध संहिताको व्यवस्था आर्कषित हुने देखिन्छ। यस विषयमा संविधानको भाग ८ धारा ९१ अनुसार कारबाहीको प्रक्रिया अबलम्वन गर्नुपर्ने हुन्छ। महरामाथि लागेको बलात्कारको आरोपका विषयमा मुलुकी फौजदारी संहितासमेत आर्कषित हुने देखिन्छ।
संविधानको धारा ९१ को उपधारा ६ मा ‘देहायको कुनै अवस्थामा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ’ भन्ने व्यवस्था उल्लेख छ।
हेरौं संविधानको धारा ९१ को उपधारा (६)
सोही धाराको उपधारा ७ मा प्रतिनिधिसभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधिसभाको उपसभामुखले गर्ने र त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधिसभाको सभामुखले भाग लिन र मत दिन पाउने उल्लेख छ।
संविधानको व्यवस्था हेर्दा महराले बलात्कारको प्रयास गरेको कुरा दुई तिहाइ बहुमतबाट पारित हुनुपर्ने देखिन्छ। छानबिन समिति गठन गरेर दोषी ठहर भएमा सभामुखमाथि मुलुकी फौजदारी संहिता अनुसार मुद्दा चलाउन भने यो व्यवस्थाले बाधा गर्ने छैन।
मुलुकी संहितामा के छ ?
मुलुकी फौजदारी संहिता २१९(३)को ‘ङ’ अनुसार कारबाही हुनुपर्ने देखिन्छ। उक्त व्यवस्थामा सात वर्षदेखि १० सम्मको सजाय हुने उल्लेख छ। महरा सभामुखको जिम्मेवारीमा रहेको र उनकै कार्यालयमा काम गर्ने कर्मचारीले आरोप लगाएकाले संहिताको दफा २२२ को २ पनि थप आर्कषित हुनेछ। उक्त व्यवस्थामा आफ्नो सुरक्षा र संरक्षणमा रहेको व्यक्ति भएमा थप ३ वर्षसम्म कैद सजाय हुने उल्लेख छ। यसरी हेर्दा महरा दोषी ठहर भएमा १३ वर्षसम्मको कैद सजाय हुने देखिन्छ।
निलम्बन कसले गर्ने अन्योल
महरामाथि निलम्बन हुन सक्ने विषयमा अन्योल देखिएको छ। प्रतिनिधिसभाको सभामुखलाई पदबाट हटाउने व्यवस्था भए पनि निलम्बनको कुनै व्यवस्था छैन। संसद सचिवालयका महासचिवले निलम्बन् गर्न सक्ने अवस्था भए पनि छानबिनबाट दोषी ठहर नभएसम्म उक्त कार्य महासचिवले गर्न सक्दैनन्।
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...