नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब खर्च – Janata Live
  • Saturday, April 1, 2023

नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब खर्च

  • जनता लाइभ
  • असोज १३, २०७६

नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब खर्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो ।

अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । राष्ट्र बैंकले यसै वर्षदेखि नोट सटहीमा कटौती सुरु गरेको छ । यसपटक प्रतिव्यक्ति १८ हजार ५ सयको नयाँ नोट सटही सुविधा दिइएको छ । गत वर्षभन्दा यो ८ हजार ५ सय कम हो ।

पछिल्ला वर्ष राष्ट्र बैंकले ‘सफा नोट नीति’ कार्यान्वयनमा ल्याएको छ ।

यो नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गरेपछि नयाँ नोट वितरण बन्द गरिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...