कारागारबाटै धम्क्याउँदै दैनिक यसरी पैसा असुल्दै – Janata Live
  • Saturday, April 1, 2023

कारागारबाटै धम्क्याउँदै दैनिक यसरी पैसा असुल्दै

  • जनता लाइभ
  • असोज १३, २०७६

कारागारबाटै धम्क्याउँदै दैनिक यसरी पैसा असुल्दै

बाँकेको नेपालगन्जम कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिले कारागारबाटै धम्क्याई नेपालगन्जका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको बाँके प्रहरीले तथ्य फेला पारेको छ।

बाँके प्रहरीले ती व्यक्तिलाई रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दिएको जानकारीअनुसार नेपालगन्ज कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागारभित्रैबाट धम्क्याई नेपालगन्जमा सञ्चालनमा रहेका विभिन्न टुर्स एन्ड ट्राभल्सबाट दैनिक रकम असुल्ने गरेको तथ्य फेला पारेको हो। यो खबर आजको राजधानी दैनिकमा रुद्र सुवेदीले लेखेका छन्।

प्रहरीका अनुसार धनबहादुरले आफू कारागारमा रहेका कारण ती टुर्स एन्ड ट्राभल्सबाट रकम असुल्न नेपालगन्ज २ मा बस्दै आएका २४ वर्षीय भतिजा युवराज सुनारलाई प्रयोग गरी रकम उठाउने गरेका थिए। सोही आरोपमा प्रहरीले युवराजलाई नियन्त्रणमा लिएको हो।

Loading...
Loading...
Loading...