घरबेटीले बिजुलीको पैसामा ठगिरहेको छ ? अब कुलमानलाई फोन गर्नुहोस् (टेलिफोन नम्बर र तिर्नुपर्ने दररेटसहित) – Janata Live
  • Wednesday, March 22, 2023

घरबेटीले बिजुलीको पैसामा ठगिरहेको छ ? अब कुलमानलाई फोन गर्नुहोस् (टेलिफोन नम्बर र तिर्नुपर्ने दररेटसहित)

  • जनता लाइभ
  • असोज १२, २०७६

घरबेटीले बिजुलीको पैसामा ठगिरहेको छ ? अब कुलमानलाई फोन गर्नुहोस् (टेलिफोन नम्बर र तिर्नुपर्ने दररेटसहित)

काठमाडौं । के घरबेटीले डेरावालसँग बिजुलीको मिटर बिगार्ने र उठेको बिलभन्दा बढी रकम असुलिरहेका छन् रुयदी तपाईंलाई घरबेटीले बिजुलीको पैसा बढी असुलिरहेका छन् भने अब विद्युत प्राधिकरणमा फोन गर्नुस, त्यस्ता फटाहा द्रब्यपिशाच घरबेटीमाथि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कारबाही गर्दैछन् ।

यो नम्बरमा गर्नुहोस प्राधिकरणलाई फोन : 977-1-4153051 जेनतेन काम गर्ने र डेरामा बसेर जीविकोपार्जन गर्ने डेरावालहरुलाई घरबेटीहरुले जतिसक्दो चुस्न खोज्छन् । घरबेटीले अत्याचार गर्दा पनि न त राज्यमा गुनासो गर्ने ठाउँ हुन्छ, न त भन्नासाथ कोठा छाडेर जाने स्थिति बन्छ । तर अब बदमास घरबेटीहरुको लुट्ने दिन सकिँदैछ । डेरावालको कोठामा राखेको मिटर बिगारेर, प्रतियुनिट २० रुपैयाँसम्म असुल्ने यस्ता डाँका घरबेटीहरु अब प्राधिकरणको फन्दामा पर्दैछन् ।

कुलमान घिसिङले डेरामा बस्ने परिवारसँग उठेभन्दा बढी बिजुलीको रकम असुल्ने घरबेटीहरुलाई यसो नगर्न चेतावनी दिएका छन् । मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न र गरेको पाइएमा कारबाही गर्ने बताएका छन् । उसो भए प्रतियुनिट बिजुली खपत गर्दा डेरावालले घरबेटीलाई कति रुपैयाँ तिर्ने त ? तपाइँ डेरामा बस्नुभएको छ भने तपाइँको घरमा जति युनिट बिजुली उठेपनि बढीमा १३ रुपैयाँभन्दा बढी रकम तिर्नुपर्दैन ।

तपाइँ बस्ने घरमा प्रतिमहिना ४०० युनिटभन्दा बढी बिजुली उठ्छ भने मात्रै तपाइँले १३ रुपैयाँ तिर्ने हो । नत्र घरभरि २० युनिटसम्म उठ्दा ३ रुपैयाँ, २१ देखि ३० युनिटसम्म उठ्दा ७ रुपैयाँ, ३१ देखि ५० युनिटसम्म उठ्दा ८ रुपैयाँ ५० पैसा, ५१ देखि १५० युनिटसम्म उठ्दा १० रुपैयाँ, १५१ देखि २५० युनिटसम्म उठ्दा ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म उठ्दा १२ रुपैयाँ र त्यसभन्दा माथि उठे प्रतियुनिट १३ रुपैयाँसम्म मात्र तिर्नुपर्छ । विद्युत प्राधिकरणको वेभसाइटमै यसबारे पर्याप्त जानकारी दिईएको छ । नेपालइन्साइडरबाट

यो बटममा थिची, हेर्नुहोस् जानकारी :

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।