यदि जीवनमा सम्पत्ति चाहिन्छ भने तिहार अघि घरबाट निकाल्नुहोस् यी ६ कुरा

एजेन्सी । हरेक वर्ष जुन चाडको हामी व्यग्र प्रतिक्षा गर्छौं, त्यो पर्व अर्थात् तिहार, सबैको घर दैलोमा आउनै लागेको छ । यदि तपाईं पनि माता लक्ष्मीले आफ्नो घरमाथि कृपा गरुन् भन्ने चाहनुहुन्छ भने तिहारभन्दा अघि शास्त्रमा बताइएका यी ६ काम गर्नुहोस् । यसो गर्दा तपाईंको घरमा त्यो सकारात्मक ऊर्जा बन्नेछ जसका कारण माता लक्ष्मी तपाईंको घरतर्फ आकर्षित भएर तपाईंको जीवन सुख–समृद्धि र धनले भरिपूर्ण गरिदिनेछिन् ।
फुटेको सिसा परिवर्तनः ढोका, झ्यालमा राखिएको सिसा यदि फुटेको वा चर्किएको छ भने त्यसलाई परिवर्तन गर्नुहोस् । यदि सिसा निकै धमिलो छ र सफा गर्दा पनि राम्रो हुँदैन भने, यसलाई परिवर्तन गर्नुहोस् किनभने यसले सकारात्मक ऊर्जाको प्रवेशमा बाधा उत्पन्न गरिदिन्छ ।
घरको कुनै पनि कुनामा फुटेको सिसा हुनुहुँदैन ।कौसीमा फोहोर र काम नलाग्ने सामानहरु राख्नुभएको छ भने हटाउनुहोस्ःधेरैले घरको छतमा काम नलाग्ने सामानहरु राख्ने गर्नुहुन्छ र यसलाई सफा पनि राख्नुहुन्न । यस्तो छ भने ती सामानहरु तुरुन्त हटाउनुहोस् । छत सफा छ भने दुख, तनाव र सङ्कटमा कमी आउँछ ।
बिग्रिएको इलेक्ट्रोनिक सामानहरु घरमा नराख्नुहोस्ः घरमा यदि बिग्रिएको इलेक्ट्रोनिक सामान छन् भने त्यसलाई बनाएर प्रयोग गर्नुहोस् र यदि त्यसो गर्न सम्भव छैन भने त्यसलाई घरबाट निकाल्नुहोस् ।
ढोकाहरु मर्मत गर्नुहोस्ः घरको ढोका फुटेको छ वा प्लास्टर टुटेको छ भने त्यसको मर्मत गर्नुहोस् विशेष गरी किचन र बैठक कोठामा यी कुराको विशेष ध्यान दिनुपर्छ ।
मूल ढोका सफा राख्नुहोस्ः आफ्नो घरको मूल ढोकालाई सफा पानीले धुनुहोस् । यदि ढोका काठको छ भने त्यसमा रंग रोगन गरेर सिन्दुरले स्वस्तिकको चिन्ह बनाउनुहोस् ।
ऋणको बोझ आफ्नो काँधबाट हटाउनुहोस्ः यदि तपाईंले कसैबाट पैसा सापटी लिनुभएको छ भने त्यसलाई तुरुन्त चुक्ता गर्न कोशिस गर्नुहोस् । शास्त्रका अनुसार जसको शिरमा ऋण छ, त्यसको घरमा माता लक्ष्मीले बास गर्दिनन् ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...