दलित बिहे गर्दा बाबुको किरियाबाट बञ्चित, ‘मेरी पत्नी पनि त मान्छे हुन’ – Janata Live
  • Sunday, April 2, 2023

दलित बिहे गर्दा बाबुको किरियाबाट बञ्चित, ‘मेरी पत्नी पनि त मान्छे हुन’

  • जनता लाइभ
  • असोज १२, २०७६

दलित बिहे गर्दा बाबुको किरियाबाट बञ्चित, ‘मेरी पत्नी पनि त मान्छे हुन’

भोजपुर । भोजपुर आम्तेकका ३२ बर्षीय चन्द्र खड्का असोज ३ गते काठमाडौं पुगे । उनलाई बैदेशिक रोजगारीको सिलसिलामा कतार जान भिसा प्रक्रिया मिलाउनु थियो ।

तर काठमाडौं पुग्नासाथ घरबाट बाबुको देहान्तको खबर पाएपछि तीन दिन लगाएर घर फर्के । घर पुग्दा जेठा दाजु सम्मरबहादुर खड्काको अगुवाइमा बाबुको अन्त्येष्टिपछि काजकिरिया शुरु भएको थियो । दाजुकोमा कर्म शुरु भएपछि किरिया बस्न पुगेका चन्दलाई दलितसँग विवाह गरेको भन्दै किरिया बस्न नदिएपछि उनी एक्लै १३ दिने किरियाकर्ममा लागे ।

दलितकी छोरी विहे गरेको कारण आफ्नै दाजु र समाजबाट बहिस्कृत भएर बाबुको मृत्यु संस्कार पुरा गर्न बसेका छन् ।

‘यो कस्तो समाज, अनि कस्तो धर्म संस्कार ? मैंले मेरो जन्मदिने बाबुको किरियापुत्री बस्न पनि पाइँन, मेरो के दोष ?’ उनले गुनासो पोखे, ‘दलित विहे गरें भन्दैमा मलाई घर र समाजले बहिष्कार गर्ने, मेरी पत्नी पनि त मान्छे हुन् ।’ अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

Loading...
Loading...
Loading...