काठमाडौं भित्रिएका खसी-बोकाको परीक्षण अझै शुरु भएन – Janata Live
  • Tuesday, March 28, 2023

काठमाडौं भित्रिएका खसी-बोकाको परीक्षण अझै शुरु भएन

  • जनता लाइभ
  • असोज १२, २०७६

काठमाडौं भित्रिएका खसी-बोकाको परीक्षण अझै शुरु भएन

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा भित्रिएका खसीबोकालगायत चौपायाको चेकजाँच शुरू गरेको छैन । गत वर्ष घटस्थापनाको दिनबाट स्वास्थ्य परीक्षण शुरू गरेको कामपाले यो वर्ष त्यति आवश्यक नभएको भन्दै स्वास्थ्य परीक्षण नगरेको हो ।

दशैंमा मात्र अनुगमन गर्ने परम्पराले गाँजेको महानगरपालिकाले अहिलेसम्म प्रतिफल आउन सक्ने गरी अनुगमन गर्नसकेको छैन ।

महानगरका कृषि विभाग प्रमुख हरि भण्डारीले दशैंमा राजधानी भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने विषयमा कुनै निर्णय भइनसकेको जानकारी दिँदै भने, ‘गत वर्ष घटस्थापनाको दिनबाट खसीबोका बिक्रीस्थलमा स्वास्थ्य परीक्षण डेक्स राखेर अनुगमन गरेको महानगरले यो वर्ष सुरसार समेत गर्नसकेको छैन । तर फूलपातीको अघिल्लो दिनबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको छ ।’

महानगर पहिलो चरणमा खसीबोका बिक्रीस्थल अनुगमन गर्ने तथा स्वास्थ्य परीक्षण डेक्स राखेर चौपायाको परीक्षण गरी सिङमा हरियो र रातो रंग लगाउने तयारीमा छ । नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...