ऋणबाट मुक्त हुन चाहनुहुन्छ भने अप्नाउनुहोस् ज्योतिषका यी उपाय – Janata Live
  • Wednesday, March 22, 2023

ऋणबाट मुक्त हुन चाहनुहुन्छ भने अप्नाउनुहोस् ज्योतिषका यी उपाय

  • जनता लाइभ
  • असोज ११, २०७६

ऋणबाट मुक्त हुन चाहनुहुन्छ भने अप्नाउनुहोस् ज्योतिषका यी उपाय

अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नुपर्ने हुन्छ। ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ । जुन व्यक्तिको कुण्डलीमा ऋणको दोष हुन्छ त्यस्ता व्यक्तिले उधारो तथा ल्याएको ऋण तिर्न नसक्दा निकै समस्या खेप्नुपर्ने हुन्छ ।

कुण्डली र ऋणसँग सम्बन्धीत योग ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन्। त्यसलाई मंगल ग्रहको कारक मानिन्छ। मंगह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धीत हुने हुँदा अष्ठम, द्वादश, षष्ठम भावमा अशुव हुने हुँदा व्यक्ति ऋणी बन्ने गर्दछ ।

यदी यी भाव र मंगलसँग शुभ ग्रहको दृष्टी पर्दा ऋण हुन्छ तर त्यसबाट छुट्कारा पाउन सकिन्छ । ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम कहिलै गर्न हुँदैन् । ऋणबाट मुक्ति पाउने उपाय शनिबार ऋणमुक्तेश्वर महादेवको पूजा गर्ने मंगलबाट पूजा, दान तथा होम गर्ने र जप गर्ने मंगल र बुधबार ऋण लिने दिने काम नगर्ने रातो र सेतो बस्त्रको प्रयोग गर्ने श्रीगणेशको पुजा आराधना गर्ने बुधबार श्रीगणेशको अथर्वशीर्ष पाठ गर्ने शिवलिंगमाथि प्रत्येक दिन दुध चढाउने ।

मानिसको हरेक इच्छा चाहना पुरा गर्न आफ्नो कमाइबाट नसकेपछि ऋण लिनु पर्ने हुन्छ । आफुले ल्याएको उधारो वा ऋण तिर्न नसके अनेकौ समस्याहरु खेप्नुपर्छ । ऋणको भारी बोकेका मानिसलाई ऋणबाट उम्कन धेरै समस्या झेल्नुपर्ने हुन्छ । ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलीमा ऋणको दोष भएका व्यक्तिले ऋण दोष हटाउन यी उपाय अपनाउन सके ऋणबाट मुक्त हुन सकिने बताएको छ । जन्मकुण्डलीमा ऋणसँग जोडिएका सम्बन्धीत योग षष्ठम, अष्ठम र द्धादश भाव ऋणसँग सम्बन्धित रहेका हुन्छन् भने यसलाई मंगल ग्रहको कारक पनि भनिन्छ ।

-शनिबारको दिन ऋणमुक्तेश्वर महादेवको पुजा गर्ने ।

-मंगलबारको दिन पुजा, दान तथा होम गर्ने ।

-रातो र सेतो वस्त्रको प्रयोग गर्ने ।

-गणेशभगवानको पुजा आरधना गर्ने ।

-बुधबारको दिन गणेको अथर्वशीर्ष पाठ गर्ने ।

-शिव लिङ्गीमा प्रत्येक दिन दूध चढाउने ।

जन्मकुण्डली अनुसार मंगल ग्रह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धित हुँदा अष्ठम द्धादश, षष्ठम भाव अशुभ हुन्छ र व्यक्तिमा ऋणको भार थपिदै जान्छ।

यी भाव मंगल ग्रहसँग शुभ ग्रहको दुष्टि पर्दा ऋण भएपनि सजिलै छुट्कारा पाउन सकिन्छ । त्यसकारण आज हामी तपाईहरुलाई मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धित रहेर गर्नु नहुने कामको बारेमा बताउन गइहेका छौँ ।

यो पनि पढ्नुहोस्, धनलाभ हुने २० वटा संकेतहरु यस्ता छन्

हिन्दु धर्ममा शुभ र अशुभको पुरानो मान्यता अझैपनि जिवितै छ। विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ। त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ।

यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो। केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन्।

त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ। केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ। जुन यसप्रकार छन् :-

१. दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।

२. यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

३. विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।

४. यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।

५. यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।

६. जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

७. यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।

८. विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।

९.यदीे सपनामा आफैले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ । यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।

१०. सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

११. यदि कसैले सपनामा दियो बालेको या कसैलाई पैैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ ।

१२. यदी सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ । साथै बोटमा पाकेको सुन्तला या खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।

१३. जब कुकुरले अचानक जमीनमा पटक पटक टाउको रगडेको देख्नु भयो भने त्यस्तो ठाउँमा गाडेको धन हुन सक्छ । साथै यदी कुकुरले कुनै खाद्यपदार्थ लिएर आएको देख्नु भयो भने पनि तपाईलाई धन प्राप्त हुन सक्छ ।

१४. जो व्यक्ति सपनामा फलफुल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ । सपनामा धुम्रपान गर्छ, उसलाई पनि धन प्राप्ति हुन सक्छ ।सपनामा जसको दाहिने हातमा सेतो रँगको सर्पले टोक्छ उसलाई धेरै धन प्राप्ति हुन सक्छ ।

१५. जो व्यक्तिले सपनामा पिशाब, वीर्य, दिशा या भमिट(वाक्क) गरेको चिज देखे या खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ । साथै आफ्नो प्रेमी प्रेमिका सँग सम्बन्ध विच्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ ।

१६. शुक्रबारका दिन केशरी रँगको गाई देखियो वा दर्शन गर्ने मौका पाइयो भने धनप्राप्ति हुन सक्छ ।

१७. यदि कोई यात्री घर फर्कि रहेको हुन्छ र बायाँ तिर रोकियो भने उसलाई थोरै समयका लागि धनप्राप्त हुन सक्छ । यदि कुनै व्यक्तिले कुनै गाउँ वा नगरमा प्रवेश गर्ने समयमा दायाँ तर्फ सुँगुर देखियो भने उसलाई धन प्राप्त हुन सक्छ ।

१८.सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ती हुने योग बन्छ ।

१९.कहिँ जाँदै गरेको अवस्थामा यदि बाटोमा सुन्दर महिला या कन्या देखियो भने त्यसलाई धनप्राप्तीको संकेत मान्न सकिन्छ ।

२०. यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ । यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ । सपनामा गाडेको धन देखियो भने पनि सम्पत्ति वृद्धि हुन सक्छ ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारीका लागि शेयर गर्नुहोला ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...