चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण, उपचार गराउन अस्पताल पुर्‍याइयो(भिडियो सहित) – Janata Live
  • Tuesday, March 28, 2023

चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण, उपचार गराउन अस्पताल पुर्‍याइयो(भिडियो सहित)

  • जनता लाइभ
  • असोज ११, २०७६

चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण, उपचार गराउन अस्पताल पुर्‍याइयो(भिडियो सहित)

काठमाडौं । विवादमा तानिने गरेका नेपालका लागि नेपाली अभियानका एक जना ज्ञानेन्द्र शाहीमाथि चितवनमा अज्ञात समूहले शनिबार आक्रमण गरेको छ । सुरक्षाका हिसाबले चितवनमा कार्यक्रम गर्न स्थानीय प्रशासनले अनुमति नदिएपछि शाही फर्किनका लागि बा३ख ४५ नम्बरको माइक्रोबसमा थिए । आक्रमणकारीले त्यहि हमला गरेका हुन् । भिडियो तल छ

आक्रमणमा संलग्न रहेको आशंका प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनी चौविसकोठीको होटलबाट माइक्रोबसमा चढेका थिए । घाइते शाहीलाई प्रहरीले उद्दार गरी अस्पताल पुराएको छ । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । -dainiknepal

यो पनि हेर्नुसः जनप्रतिनिधिले सधैँ जनताका लागि सोच्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन सबैमा आग्रह गर्नुभएको छ ।

दशैँतिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताउनुभयो ।नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न उहाँले आह्वान पनि गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताउनुभयो ।“जनप्रतिनिधि जनताले बनाएका हुन्”, रक्षामन्त्री पोखरेलले भन्नुभयो, “म यसप्रति गम्भीर छु । तपाईंहरुका कुनै समस्या भए वडामार्फत ती समस्या सीधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहल कदमी लिन्छु ।”

अन्य समाचारः एनसीसी बैंकद्वारा शिवपुरी माध्यमिक विधालयलाई नगद ४ लाख रुपैयाँ सहयोग
काठमाडौँ । एनसीसी बैंकले प्रदेश नं. ३, काठमाण्डौँ जिल्लाको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई यही असोज १० गते दिन ४ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

शिवपुरी माध्यमिक विद्यालयमा अध्ययनरत स–साना नानीहरुका लागि सूचना प्रविधिमा पँहुच पुर्याउन टिभी तथा आवश्यक सामग्रीका साथै खेलकूदका लागि सामग्रीको व्यवस्थापन गर्नको निम्ति सहयोग गरिएको हो ।बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालबाट शिवपुरी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरे ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...