ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

काठमाडौं । घटस्थापनाको दुई दिनअघि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । बुधबार ६ सयले बढेको सुनको मूल्य तोलामा बिहीबार एक हजारले घटेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन एक हजार र चाँदी २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २५ रुपैयाँले घटेर प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...