कांग्रेसमा ११ केन्द्रीय सदस्य थपिने, नाम गच्छदारको हातमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा ११ सदस्य थपिने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदार नेतृत्वमा रहेको तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ११ नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय गरेको केन्द्रीय समिति नवीन्द्रराज जोशीले जानकारी दिए ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा कांग्रेसमा समायोजन भएको फोरम लोकतान्त्रिकबाट थपिने नेताहरुको नाम भने कांग्रेस उपसभापतिसमेत रहेका तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले पेस गर्नेछन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...