नागढुंगा–नौबिसेमा १२ घण्टा जाम : काखमै गुम्यो छोरा – Janata Live
  • Sunday, April 2, 2023

नागढुंगा–नौबिसेमा १२ घण्टा जाम : काखमै गुम्यो छोरा

  • जनता लाइभ
  • असोज ११, २०७६

नागढुंगा–नौबिसेमा १२ घण्टा जाम : काखमै गुम्यो छोरा

काठमाडौं । उनी कहिले छोरालाई काखमा सुताउँथिन् । केहिले पछ्यौरीले गुटुमुटु पार्थिन् । भोकप्यास लागे–नलागेको सोध्थिन् ।

मिर्गौलाको उपचारका लागि छोरालाई काठमाडौं लैजाने गरेकी रौतहटको गरुडा नगरपालिका,८ की सिर्जनदेवी साहले बिहीबार राति बसमा आँखा झिम्म गर्न पाइनन् । तर उनले बिरामी छोरालाई हस्पिटल पु-याउन सकिनन् । काखमै छोरा गुमाउनुप-यो ।

जनकपुरमा सम्भव नभएपछि ३५ वर्षीय छोरा रुपलाल साहलाई थप उपचारका लागि काठमाडौं लैजान सिर्जनदेवि रौतहटबाट बिहीबार साँझ ना७ख ५३६४नम्बरको बस चढेकी थिइन् ।

मध्यरातमा थाक्रे–८ चारकिलामा दुईवटा मालबाहक कन्टेनर ठोक्किएर राजमार्ग अवरोध भएपछि बिरामी बोकेको बस बिहान पौने ४ बजेदेखि जाममा फसेको थियो । शुक्रबार बिहान ६ बजेतिर बसमै रुपलालको मृत्यु भएको हो । कान्पिुर दैनिकले खबर छापेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...