सांसदहरुको तलब भन्दा भत्ता धेरै – Janata Live
  • Sunday, April 2, 2023

सांसदहरुको तलब भन्दा भत्ता धेरै

  • जनता लाइभ
  • असोज ११, २०७६

सांसदहरुको तलब भन्दा भत्ता धेरै

काठमाडौं । संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झण्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५–७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ ।

संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरुको खातामा ३५ करोड ४६ लाख १७ हजार ८२३ रुपैयाँ पुगेको छ, जुन सांसदको एक वर्षमा पाएको तलबभन्दा धेरै हो ।

यो हिसाबअनुसार औषतमा एक जना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८८१ रुपैँयाँ भत्ता बुझ्छन् । जबकी उनीहरुको वर्ष दिनको औषत तलबका लागि ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । यो हिसावले सांसदले एक महिनामै औसत ९६ हजार ५७३ रुपैयाँ भत्ता बुझ्छन् । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...