घटस्थापनामा सार्वजनिक बिदा – Janata Live
  • Saturday, April 1, 2023

घटस्थापनामा सार्वजनिक बिदा

  • जनता लाइभ
  • असोज १०, २०७६

घटस्थापनामा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले आउँदो गरेको दसैंको घटस्थापनाको दिन (१२ असोज) मा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

‘प्रदेश सरकारले वर्षमा दिनसक्ने ६ दिन विदामध्येबाट उक्त विदा दिने निर्णय गरेको हो, उनले भने, ‘घटनास्थापनमा विदा चाहियो भनेर विभिन्न क्षेत्रबाट माग समेत भएको थियो, सोहीअनुसार बिदा दिइएको हो।’

सरकारका निर्णयः
१. घटस्थापनाका दिन सार्वजनिक विदा दिने

२. बाल सुधार गृह, हिरासत र थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका स्वीकृत गर्ने । मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा निरीक्षण गरी प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाउनुपर्ने ।

३. ‘दिगो विकास लक्ष्यः गण्डकी प्रदेशको आधार रेखा’ प्रतिवेदन स्वीकृत गर्ने । प्रतिवेदन पुस्तकाकारमा प्रकाशन गर्ने ।

४. गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखेर काफलडाँडा मान्द्रे वन उपभोक्ता समितिको नामको १५ रोपनी जमिन उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ।

५.अर्को विद्यालयमा गाभिएको पोखरा—१८ सराङकोटको रत्न आधारभूत विद्यालयको ९६ रोपनी जमिन प्रदेशको आइटीपार्क निर्माणका लागि उपलब्ध गराइदिन नेपाल सरकारलाई अनुरोध गर्ने ।

६.पर्यटन वर्ष सन् २०१९ देखि २२ कार्य सञ्चालनका लागि निम्ति पर्वत मोदी गाउँपालिका चित्रे गाउँका जुद्धबहादुर गुरुङलाई सहसचिवसरह सुविधा हुने गरी संयोजक नियुक्त गर्ने ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...