फेरी घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार – Janata Live
  • Tuesday, March 28, 2023

फेरी घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

  • जनता लाइभ
  • असोज १०, २०७६

फेरी घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार

काठमाडौं । केहि दिनयता बजारमा सुनको मूल्य घट्न थालेको छ । सुनको मूल्य आज पनि घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७० हजार ८ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो बिहीबारको तुलनामा २ सय रुपैयाँ कम हो । बिहीबार नेपाली बजारमा प्रति तोला ७१ हजारमा सुनको कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । आज प्रति तोला तेजावी सुनको मूल्य ७० हजार ५ सय छ । आज चाँदीको मूल्य पनि ५ रुपैयाँ घटेको छ । बिहीबार ८ सय ६५ मा कारोबार भएको प्रतितोला सुन आज ८ सय ६० रुपैयाँ प्रतितोला भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा घटेका कारण नेपाली बजारमा पनि कमि आएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय अमेरिकी डलरमा झरेको छ । केही दिनअघि मात्रै सुनको मूल्य प्रति औंस १५२५ अमेरिकी डलरको नजिक थियो ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...