पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी स्पेनका लागि राजदूतमा नियुक्त – Janata Live
  • Sunday, April 2, 2023

पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी स्पेनका लागि राजदूतमा नियुक्त

  • जनता लाइभ
  • असोज ०९, २०७६

पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी स्पेनका लागि राजदूतमा नियुक्त

काठमाडौं । स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् ।

शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।

यो पनि पढ्नुहोस: कास्कीका सन्तोष आचार्य नेपाली समाज अष्ट्रेलियाको महासचिव चयन

सिड्नी, अष्ट्रेलिया । कास्कीको रुपा गाउँपालिका-५ देउराली स्थायी घर भई हाल अष्ट्रेलिया बस्दै आएका सन्तोष आचार्य नेपाली समाज अष्ट्रेलियाको महासचिवमा चयन भएका छन् । आचार्य नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीचको एकतापछि बनेको सम्युक्त प्रवास संगठन नेपाली समाज अष्ट्रेलियाको महासचिवमा नियुक्त भएका हुन्।

सिड्नीमा सम्पन्न एकता कार्यक्रमलाई नेपालबाट पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष डा। बाबुराम भट्टराईले स्काइपमार्फत् सम्बोधन गरेका थिए। नेपाली समाज अष्ट्रेलियाको एकता सम्मेलनबाट महासचिवमा आचार्यसँगै अध्यक्षमा गणेश तामाङ, उपाध्यक्षमा क्रमशः सुमन खरेल, उपेन्द्र श्रेष्ठ, वीर बहादुर राई, शोभा श्रेष्ठ, सचिवमा तुल्सी शाह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बस्नेत, प्रवक्तामा गौतम बाबु तिवारी, पब्लिक अफिसरमा अभिषेक कुमार झा कार्यक्रम संयोजकमा भद्रा वाइबा चयन भएका छन् ।

यस्तै, नयाँ कार्यसमितिको युवा संयोजकमा विशाल खड्का, महिला संयोजकमा सुजता पाण्डे गौतम, विद्यार्थी संयोजकमा भूमिका लामा, साहित्यिक संयोजकमा टंक रिमाल, न्यु साउथवेल्स संयोजकमा महेश भट्टराई, भिक्टोरिया संयोजकमा बुद्ध मोक्तान क्विसन्सल्याण्ड संयोजकमा अमित शर्मा तास्मनिया संयोजकमा सुरज श्रेष्ठ, वेस्र्टन अस्ट्रेलिया संयोजकमा सिताराम पन्त चयन भएका छन्।

यसैगरी समितिको सल्लाहकारमा सुन्दोर्जे तामाङ, अरुण कुमार तामाङ,कमला पोखरेल, पुरन सायमी तथा संरक्षक समितिमा विनोद पौडेल, सुवान चौलागाई, समिम अनवर, चित्र तुम्बाहम्बे, घनेन्द्र पियाक र तिर्थराज कार्कीलाई मनोनयन गरिएको छ। नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई अध्यक्ष बाबुराम भट्टराईले स्काइपमार्फत् पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

कार्यक्रममा अष्ट्रेलियास्थित जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष छिरिङ लामा जनप्रगतिशिल समाजका उपाध्यक्ष रामजी बस्नेत, सुदूरपश्चिम समाजका केशव जोशी, पोखरा समाजका राजकुमार अधिकारी, अबर्न नेप्लिज कमिटीका अध्यक्ष अशोक उप्रेती लगायतले शुभकामना व्यक्त गरेका थिए।

Loading...
Loading...
Loading...