तपाईंहरूको १ सेयरले मनकारीसम्म पुगेर प्राप्त रकमबाट कृत्रिम खुट्टा हाल्न चाहन्छु –छोङबा शेर्पा – Janata Live
  • Wednesday, March 22, 2023

तपाईंहरूको १ सेयरले मनकारीसम्म पुगेर प्राप्त रकमबाट कृत्रिम खुट्टा हाल्न चाहन्छु –छोङबा शेर्पा

  • जनता लाइभ
  • असोज ०९, २०७६

तपाईंहरूको १ सेयरले मनकारीसम्म पुगेर प्राप्त रकमबाट कृत्रिम खुट्टा हाल्न चाहन्छु –छोङबा शेर्पा

सहयोगको लागि अपिल

सोलुखुम्बु भकान्जेका छोङ्बा शेर्पा एक होनहार युवा हुन्। एक रोगी श्रीमतीको उपचार र दुई नाबालक सन्तानको उज्ज्वल भविष्यको सपना साकार पार्न उनी बिदेशीहरुलाई लिएर पहाडका कुना कन्दरामा पसिना चुहाउँदै हिड्थे। एक दिन तिब्बतको लामो ट्रेकिङ सकेर फर्कने क्रममा उनी चढेको गाडी पहिरोमा पर्‍यो । माथिबाट खसेको ठुलो ढुङ्गाले उनी चढेको गाडी सँगै उनको जिन्दगी पनि कच्याक कुचुक बनायो। गाडीमा सवार दुई साथीले तत्काल ज्यान गुमाए भने छोङ्बा शेर्पाले ट्रेकिङमा हिंड्ने खुट्टा गुमाउनु पर्‍यो।

खुट्टा विहिन छोङ्बा शेर्पालाई श्रीमतीको म्रिगौला खराब भएर डायलासिस् गराई राख्नु पर्ने खर्च कसरी जुटाउने हो थाहा छैन। कलिलो उमेरका छोरा र छोरीको सहारा हुनु पर्ने छोङ्बा दम्पती आफुहरु स्वयं सहारा विहिन बनेका छन्। कृत्रिम खुट्टा हाल्न पाएको खण्डमा केही गर्न सकिन्छ कि भन्ने आशा पालेका छन् छोङ्बा शेर्पाले। अहिले उनी कृत्रिम खुट्टा लगाउने खर्चका लागि सबै तिर हात फैलाई रहेका छन्।

छोङ्बा शेर्पाको परिवारलाई सहयोग गर्न स्वतस् स्फूर्त रुपमा जुटेका मनकारी स्वयंसेवकहरु मध्येबाट पाँच जनाको समिति गठन गरी आर्थिक सहयोग संकलन शुरु गरेका छौं। यस मानवीय पुण्य कर्ममा सक्दो सहयोग गरी दिन हुन शेर्पा किदुग अमेरिका देश बिदेशका सम्पूर्णमा हार्दिक अपिल गर्दछ।

आउँदो अक्टोबर १९ शनिबार सम्म सहयोग संकलन जारी रहने छ। सो अवधि भित्र संकलित रकम बैंक मार्फत छोङ्बा शेर्पाको खातामा पठाइने छ। सम्पूर्ण दाता महानुभावहरुको नामावली शेर्पा किदुगको फेसबूक पेज मार्फत सार्वजनिक गरिने छ।

छोङ्बा शेर्पा सहयोग समिति:

१) श्रीमती नुकू शेर्पा – संयोजक (201) 232-3019

२) कल्साङ् छोपेल लामा – (646) 431-5951

३) दावा जाङ्बु शेर्पा – (646) 829-6148

४) फूरि शेर्पा – (646) 508-6982

५) छेवाङ् शेर्पा – (347) 821-6433

थुचिक्षे धन्यवाद ।

Loading...
Loading...
Loading...