अपराधमा मुछिंदै मनी चेन्जर, बैकिङ कसुरमा समेत जोडिए

काठमाडौं । सिस्टम ह्याक गरी एटीएम बुथबाट झण्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो ।
भदौं १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका छन् ।
यो घटनापछि देशभरका मनी चेन्जर र तिनको कमजोर नियमनको पाटो सतहमा आयो । हुन्डी, अवैध सुन र डलर तस्करीका घटनामा बेलाबखत तानिने मनिचेन्जरहरु यस पटक बैकिङ कसुरमा जोडिन पुगे ।
एटिएम ह्याक गरेर निकालिएको मध्ये २९ लाख ९९ हजार रुपैयाँ यी दुई मनिचेन्जरबाट साटिएको थियो । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...