भक्तिभावले गणेश जीको दर्शन गरेर आफ्नो राशिफल पढ्नुहोस्, मनोकामना पुरा हुनेछ । ईन्कार नगरौं हैं। – Janata Live
  • Monday, March 20, 2023

भक्तिभावले गणेश जीको दर्शन गरेर आफ्नो राशिफल पढ्नुहोस्, मनोकामना पुरा हुनेछ । ईन्कार नगरौं हैं।

  • जनता लाइभ
  • असोज ०८, २०७६

भक्तिभावले गणेश जीको दर्शन गरेर आफ्नो राशिफल पढ्नुहोस्, मनोकामना पुरा हुनेछ । ईन्कार नगरौं हैं।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चतुर्थ भावमा रहेको चन्द्रमाको प्रभावले त्यति गतिलो समय देखिंदैन । हतार र शीघ्रता आजका शत्रु हुन्, त्यसैले जुनसुकै काम गर्दा महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु जायज हुनेछ, आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । परिवारजनमा असमझदारी बढ्ने छ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । परिवारजन तथा बन्धुबान्धवबीचको दूरी बढ्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीका कारण अपमानित हुनुपर्छ । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । स्थायी सम्पत्ति बेचबिखनको प्रयास सफल हुनेछ र पनि रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोजगारी र व्यापाररव्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । कृषिक्षेत्रमा वा घरपरिवारमा देखिएका समस्या र चुनौती निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नु पर्नेछ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ, तर्क र विवादमा विजय प्राप्त हुनेछ । करकुटुम्बका तर्फबाट खुसी हुने समाचार सुन्न पाइने छ । सहभागितामूलक क्रियाकलापमा छात्रछात्रा सक्रिय हुनेछन्, जसबाट लाभ हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्मशील भएमा वा ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट लाभ हुने दिन छ । दोस्रो भावमा बसेको चन्द्रमाको मध्यमफल प्राप्त हुने समय छ, हुन त धनसम्पत्ति बृद्धि हुने समय छ, तर बन्दव्यापार र व्यवसायमा समय दिन नसक्नाले ठूलो फाइदा लिनबाट वञ्चित हुनुपर्छ । सोचेको काम समयमा सम्पादन गर्न सकिंदैन । कार्यक्षेत्रमा लगनशील बन्न नसक्ता अरूले फाइदा लिन सक्नेछन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिने छन् । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ । बोली नबिक्ने सम्भावना भएकाले थोरै बोलेको जाति हुनेछ । सहयोगीहरूले आशा देखाए पनि काममा साथ दिने छैनन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राशिमा चन्द्रमा छ, हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीको ढाकछोप गरी अघि बढ्ने अवसर प्राप्त हुनेछ । लाभमूलक कामको आश्वासन पाइनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । आज पुरानो साथी वा कुनै आत्मीय जनसँग सँगै बस्ने र भावना साटासाट गर्ने अनुकूलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बाह्रौं घरमा चन्द्रमाको यात्रा देखिन्छ, सोचेको काम बनाउन समय र धन दुबै पक्षमा खर्च बढाउनु पर्ने दिन हो । दूरगामी काम वा व्यवसायमा थप लगानी गर्नु अहिले उपयुक्त समय छैन । बरु परदेशको यात्रा वा वैदेशिक कामकाजमा प्रयास गर्ने समय हो । तर कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्न खोज्दा भनेजस्तो फाइदा हुनेछैन, बेकामे भएर धेरै टाढा जानु हुँदैन, झमेला आउन सक्छ । मनमा आलस्य, डर र चिन्ताले जरो गाड्ने छ । आपसी सम्बन्ध बिग्रने दिन हो, त्यसैले पार्टनरका धारणा र भावना बुझ्ने प्रयास गर्नुपर्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । दण्ड वा जरिवानामा परिने सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साझेदारी कामबाट फाइदा हुनेछ । आयआर्जनको स्रोत बढ्ने समय छ त्यस्तै बन्दव्यापारमा निकै दौडधूप गर्नुपर्ने परिस्थिति देखिन्छ । खटेअनुसार फाइदा पनि राम्रै हुने सङ्केत छ । घरपरिवारमा आवश्यक देखिएका विभिन्न भौतिक साधनहरू जुटाउने वा खरिद गर्ने समय हो, परिजनका आवश्यकता पूरा गरिने छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । आर्जन गरिएको रकम सदुपयोग गरिने छ वा सञ्चय हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मक्षेत्रमा रहेको बलियो चन्द्रमाको प्रभावले प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रमा पनि सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ । घरायसी सम्बन्ध सुदृढ बन्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हुन त भाग्यमा चन्द्रमा छ, तर प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नै पर्छ । आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । तर नेतृत्व नै वहन गर्नुपर्दा अपजसको भागी भइने छ, सचेत हुनुहोला । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, तर भाग्यमा बसेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । मन ज्ञान र अध्यात्मतर्फ आकर्षित हुनेछ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् । आज अभिभावक वा मान्यजनको सल्लाहबमोजिम काम गर्न सकेमा राम्रो फाइदा हुने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अष्टम भावमा चन्द्रमा छ, मन कातर बन्ने छ, काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने हुनसक्छ । स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ, स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुनसक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । नयाँ ज्ञान सिक्ने अनुकूलता मिल्नेछ । परिवारका सदस्यहरूसँग आत्मीयभावमा बृद्धि हुनेछ । प्रेमसम्बन्ध सुदृढ बन्नेछ, आत्मीय व्यक्तिसँग एकान्तमा बसेर मनका भावना साटासाट गर्ने राम्रो दिन छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हाँकेका र ताकेका काममा चुनौती र प्रतिस्पर्धा गर्नु परे पनि सफल भइने राम्रो दिन छ । शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । कामको चाप बढ्ने छ, तर बेफाइदा हुँदैन । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्नो क्षेत्र र विषयवस्तुमा अरूले अधिकार जमाउन चेष्टा गरे पनि सफल हुने छैनन् । सरकारी र राज्यपक्षको काममा सफलता मिल्नेछ, अझ न्यायिक वा कानूनी काम गर्नेका लागि प्रतिष्ठा र धनार्जन गर्ने दिन छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज ज्ञान र बुद्धिको उपयोग गरी धन, मान र प्रतिष्ठा हासिल गर्नसक्ने महत्त्वपूर्ण दिन छ । चन्द्रमा र राशिस्वामी बृहस्पतिको त्रिकोणमा उपस्थिति भएकाले आजको सानो लगानीले पनि भोलि फस्टाएर राम्रो नतिजा दिने समय हो, त्यसैले जुनसुकै कार्यक्षेत्रमा पनि लगनशील र कर्मनिष्ठ भएर खट्नु पर्ने दिन हो । छात्रछात्राले नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ दिन उत्साहपूर्ण रहला ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...