५ अर्ब बढी ह्याक गर्ने योजना, प्रारम्भिक रुपमा करिब ४ करोड ७४ लाख रुपैयाँ निकालिएको पुष्टि

काठमाडौं । कृषि विकास बैंकको लहान शाखा चार करोड ७३ लाख रुपैयाँ चोरिएको घटनाको मुख्य योजनाकार काले भनिने पिटरको हात रहेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
भारतमा बस्ने पिटरले नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर पाँच अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, कैलाश विकास र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीले जनाएको छ । प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट मेघाङका लवाङ तामाङ, रसुवा नौकुण्ड घर भएका लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं काभ्रेस्थलीका संजय घले, सर्लाही हरिवनका पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिकाका विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका–९ का श्रवणकुमार श्रेष्ठ, भारत कोलकत्ताका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका–३ का विजय शाह र चन्द्रबहादुर बुढा रहेका छन् ।
उक्त समूहले हृयाक गरेर कृषि विकास बैंकको लहान शाखाबाट चार करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेको खुल्न आएको छ । लुटेको रकम हुण्डीमार्फत भारत पठाउने गरिएको पाइएको छ ।
हृयाटिङमा प्रयोग हुनेहरुले भने १५ देखि ३५ प्रतिशत कमसिन पाउने गरेको प्रहरीको अनुसन्धानले खुलेको छ । पक्राउ परेकामध्ये चार जनालाई प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...