बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बिहानै काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ।
आज बिहान पौने ६ बजेतिर बल्खु–कोटेश्वर रुढको बा ५ ख ७३९१ नम्बरको बस (नेपाल यातायात) बसले भोटेबहाल नजिकै साइकल यात्रीलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भिर घाइते भएका यात्रुलाई उपचारका लागि बीर अस्पताल पुर्याइएको थियो। उनको अस्पताममा उपचारका क्रममा ज्यान गएको हो।
ज्यान गुमाउने यात्रु पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भिम लामा रहेको प्रहरीले पुष्टी गरेको छ।
Loading...
Loading...
Loading...